सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो सलमानको ‘किसीका भाई किसी की जान’

मङ्गलबार, २८ चैत २०७९

मुम्बई । सलमान खानको प्रतीक्षित फिल्म ‘किसीका भाई किसी की जान’ को ट्रेलर सार्वजनिक भएको छ । 

ईदको अवसर पारेर २१ अप्रिलमा रिलिज हुन लागेको फिल्मको सार्वजनिक ट्रेलर ३ मिनेट २५ सेकेन्डको छ ।

ट्रेलरमा सलमान कतै रोमान्टिक त कतै खतरनाक एक्सन अवतारमा देखिएका छन् । 

ट्रेलरमा सलमानलाई नाम सोधिएको छ । जवाफमा उनले आफ्नो नाम नभएको र भाइजानकाबाट परिचित रहेको जवाफ दिएका छन् । ट्रेलरमा सलमानको प्रेमीका पूजा हेगडे रहेको अनुमान गर्न सकिन्छ । उनीहरुको केमेस्ट्री राम्रो देखिएको छ ।

फिल्मका निर्देशक फरहाद समजी हुन् । सलमान खान निर्माता रहेको फिल्ममा जगपति बाबू, विजेन्द्र सिंह, सिद्धार्थ निगम, शहनाज गिल, जस्सी गिल, पलक तिवारी लगायतको पनि मुख्य भूमिका छ ।

फिल्ममा जगपति र विजेन्द्र भिलेनको भूमिकामा छन् । बलिउड र साउथ सुपरस्टारहरुको सहकार्य रहेकोले फिल्मले बक्सअफिसमा आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया