वीरगन्ज कारागारको काम सुरु गर्न सांसद यादवको माग
बुधबार, २९ चैत २०७९, १५ : ०४
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले जीर्ण अवस्थामा रहेको वीरगन्ज कारागारको जीर्णोद्धारको काम तत्काल सुरु गर्न सरकारसँग माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शौचालयको अभाव रहेको, कैदीबन्दीहरुले कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहेको र सुरक्षाकर्मीहरु तैनाथ हुने सुरक्षा पोष्ट समेत जीर्ण अवस्थामा रहेकाले सो कारागारको स्थलगत अवलोकन गरी सरकारले तत्काल जीर्णोद्धार गर्नुपर्ने स्पष्ट पारे ।
वीरगन्ज कारागार ९० वर्ष पुरानो कारागार हो । यसको जीर्णोद्धार तत्काल नगरे गम्भीर दुर्घटनामा हुने पनितर्फ पनि सांसद यादवले सरकारलाई सचेत गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण