आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

वीरगन्ज कारागारको काम सुरु गर्न सांसद यादवको माग

बुधबार, २९ चैत २०७९, १५ : ०४
बुधबार, २९ चैत २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले जीर्ण अवस्थामा रहेको वीरगन्ज कारागारको जीर्णोद्धारको काम तत्काल सुरु गर्न सरकारसँग माग गरेका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शौचालयको अभाव रहेको, कैदीबन्दीहरुले कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहेको र सुरक्षाकर्मीहरु तैनाथ हुने सुरक्षा पोष्ट समेत जीर्ण अवस्थामा रहेकाले सो कारागारको स्थलगत अवलोकन गरी सरकारले तत्काल जीर्णोद्धार गर्नुपर्ने स्पष्ट पारे । 

वीरगन्ज कारागार ९० वर्ष पुरानो कारागार हो । यसको जीर्णोद्धार तत्काल नगरे गम्भीर दुर्घटनामा हुने पनितर्फ पनि सांसद यादवले सरकारलाई सचेत गराए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप