मन्त्री राजभण्डारीको घरमा तोडफोड प्रयास गर्नेहरुको पहिचान
बुधबार, २९ चैत २०७९, २१ : ५१
काठमाडौं । कोशी प्रदेशका मन्त्री बुद्धिकुमार राजभण्डारीको पेप्सीकोला स्थित घरमा गएर तोडफोड गर्न खोज्नेहरुबारे प्रहरीले अनुुसन्धान गरिरहेको छ । बुधवार दिउँसो प्रदेशका सामाजिक विकाश मन्त्री राजभण्डारीको घरमा गएर नाराबाजी र तोडफोड गर्न खोज्नेहरुको पहिचान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रदेश–१ लाई कोशी प्रदेश नामांकरण गरेको विरोधमा पेप्सीकोलामा भेला भएका करिब एक दर्जन मानिसहरुले मन्त्री राजभण्डारीबिरुद्ध नारबाजी गर्दै घरमा तोडफोड गर्ने प्रयास गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले भने– ‘तोडफोड प्रयास गर्नेहरुको पहिचान गरेका छौं, छिट्टै कानुनी दायरामा ल्याउँछौं ।’ घटनामा संलग्नहरुलाई प्रहरीले खोजी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण