वस्तुगत र जिल्ला नगर सदस्यमा उमेशलाल प्यानलको वर्चस्व, क-कसले जिते ?
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनबाट जिल्ला नगर र वस्तुगत कार्यसमिति सदस्यमा उमेशलाल श्रेष्ठ समूहले वर्चस्व जमाएको छ। कुल १८ जना सदस्य निर्वाचित हुने यो समुहमा उमेशलाल प्यानलको १० जनाले विजयी हासिल गरेका हुन् ।
जिल्ल नगरतर्फ अञ्जन श्रेष्ठ समूहबाट भने ७ जना व्यबसायी कार्यसमितिमा निर्वाचित भएका छन् । उमेशलालकाे टिमबाट जिल्ला नगरमा निरक केसी, प्रयास कार्की, अब्दुल वाहिद मन्सुरी, कल्पना गैरे, किशोरकुमार आचार्य, गोकुल श्रेष्ठ, मन्जुकुमार श्रेष्ठ कोजु, मोहनप्रसाद श्रेष्ठ, ताराबहादुर कार्की, उमेश डालमिया र केशवप्रसाद भण्डारी निर्वाचित भएका छन् ।
अञ्जनकुमार टिमबाट नवीन रिजाल, उज्वलप्रसाद कसजु, अमरेशचन्द्र बैदार, पुष्पराज कुँवर, अनिलकृष्ण श्रेष्ठ, कृष्ण कटुवाल र बेदबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घको वस्तुगत तर्फको उमेशलालकै बढी छन् । जसमा ८ जना कार्यसमिति सदस्य उमेशलाल श्रेष्ठको निर्वाचित भएका छन् भने अञ्जन श्रेष्ठको पनि ६ जना सदस्य नै निर्वाचित भएका छन् ।
बस्तुगत सदस्यमा उमेशलाल प्यानलबाट कमला श्रेष्ठ, डा. सुबोध कुमार गुप्ता, नानीराज घिमिरे, नरेशलाल श्रेष्ठ, पशुपतिदेव पाण्डे, भक्तबहादुर हमाल, लिलेन्द्रप्रसाद प्रधान र हरिबहादुर कार्की विजयी भएका छन् ।
अञ्जनको टिमबाट भने अरनिको राजभण्डारी, मनोज अधिकारी, रविन पुरी, राजकुमार कार्की, शिवप्रसाद घिमिरे र शोभा ज्ञवाली विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण