भारतमा ७ महिनापछि एकैदिन भेटिए १० हजारभन्दा बढी सङ्क्रमित
बिहीबार, ३० चैत २०७९, ११ : ०५

भारतमा ७ महिना २० दिनपछि १० हजारभन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा १० हजार १५८ नयाँ सङ्क्रमित भेटिएका छन् । यसअघि २४ अगस्टमा १० हजार ७२५ सङ्क्रमित भेटिएका थिए । नयाँ सङ्क्रमितमा दुई हजारभन्दा बढी वृद्धि भएको यो लगातार दोस्रो दिन हो । सोमबार ५ हजार ६७६ सङ्क्रमित देखिएका थिए जबकि िमंगलबार ७ हजार ८३० सङ्क्रमित भेटिएका थिए ।
योसँगै भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ हजार ९९८ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको वेबसाइटका अनुसार दैनिक सङ्क्रमण दर ४.४२ प्रतिशत र साप्ताहिक दर ४.०२ प्रतिशत पुगेको छ । यसका साथै निको हुने दर ९८.७१ प्रतिशत छ भने मृत्युदर १.१९ प्रतिशत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एक ढिक्का भएर लाग्न जरुरी: सभामुख
-
आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस
-
‘कर्मचारी खेलकुद प्रतियोगिता’ हुने
-
अन्नपूर्ण क्षेत्रमा आउने विदेशी पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि
-
महिनावारी नहुनु वा ढिलाइ हुनुका आठ कारण
-
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता’