भारतमा ७ महिनापछि एकैदिन भेटिए १० हजारभन्दा बढी सङ्क्रमित
बिहीबार, ३० चैत २०७९, ११ : ०५
भारतमा ७ महिना २० दिनपछि १० हजारभन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा १० हजार १५८ नयाँ सङ्क्रमित भेटिएका छन् । यसअघि २४ अगस्टमा १० हजार ७२५ सङ्क्रमित भेटिएका थिए । नयाँ सङ्क्रमितमा दुई हजारभन्दा बढी वृद्धि भएको यो लगातार दोस्रो दिन हो । सोमबार ५ हजार ६७६ सङ्क्रमित देखिएका थिए जबकि िमंगलबार ७ हजार ८३० सङ्क्रमित भेटिएका थिए ।
योसँगै भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ हजार ९९८ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको वेबसाइटका अनुसार दैनिक सङ्क्रमण दर ४.४२ प्रतिशत र साप्ताहिक दर ४.०२ प्रतिशत पुगेको छ । यसका साथै निको हुने दर ९८.७१ प्रतिशत छ भने मृत्युदर १.१९ प्रतिशत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण