पाकिस्तानबाट एके ४७ को कारतुस र नगद बोकेको ड्रोन खसाल्यौँ : भारतीय सेना
भारतीय सेनाले बिहीबार एके ४७ को कारतुस र नगद लिएर नियन्त्रण रेखा पार गरिरहेको एउटा ड्रोनलाई खसालेको दाबी गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार अप्रिल १२ र १३ को मध्यरातमा भारतीय सेनाले जम्मू कश्मीर प्रहरीको सहयोगमा नियन्त्रण रेखा पार गरी पाकिस्तानबाट भारतको रजौरी जिल्लास्थित सुन्दरबनी सेक्टरको बेरी पत्तन इलाकामा घुसपैठ गरेको ड्रोनलाई बेरी पट्टन क्षेत्रमा खसालेको छ ।
जम्मुस्थित सेनाका प्रवक्ताले उक्त ड्रोनबाट एके ४७ का १३१ कारतुस, ५ म्यागेजिन र दुई लाख भारु बरामद भएको दाबी गरेका छन् । यो कारबाहीपछि उक्त क्षेत्रमा छानबिन अभियान चलिरहेको पनि उनले बताए ।
VIDEO | Security forces shoot down a drone along the Line of Control (LoC) in Rajouri, and a search operation is underway in the area. Some magazines, cash and other items were recovered from the packet attached to the drone. pic.twitter.com/aGK6vuQLyi
— Press Trust of India (@PTI_News) April 13, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण