राजकुमार ह्यारी बुबाको राज्याभिषेकमा एक्लै सहभागी हुँदै
लन्डन । आगामी महिना हुने आफ्ना पिताको राज्याभिषेका समारोहमा राजकुमार ह्यारीले भाग लिने भएका छन् । उनकी श्रीमती मेघन र दुई छोराछोरी भने दक्षिणी क्यालिफोर्नियाको घरमै बस्ने भएका छन् । राज्याभिषेक समारोहमा राजकुमार दम्पतिको सहभागितालाई लिएर महिनौंको अनुमानको अन्त्य गर्दै बकिङ्घम दरबारले ड्युक अफ ससेक्स उपस्थित हुने तर उनकी पत्नी डचेस अफ ससेक्स सहभागी नहुने पुष्टि गरेको हो ।
आगामी वैशाख २३ गते राजा चाल्र्स तृतीयको वेस्टमिनिष्टर गिर्जाघरमा राज्याभिषेक हुँदैछ । उक्त समारोहमा विश्वभरका शीर्ष नेता तथा व्यक्तिसहित दुई हजार विशिष्ट पाहुनाका बीचमा राजदरबार त्यागेका राजकुमार ह्यारी पनि अतिथि बन्नेछन् । प्राप्त समाचारअनुसार डचेस अफ ससेक्स मेघनले आमन्त्रण अस्वीकार गरेका छन् ।
राजपरिवारका सदस्यसँगको आफ्नो मतभिन्नता, बेलायती सञ्चार माध्यमबाट राजकुमार ह्यारी र शाही परिवारलाई लिएर भएका गतिविधि, उनकी श्रीमती मेघनका विषयमा राजपरिवारका सदस्यले गरेका टिप्पणीलगायत राजपरिवारको सदस्यका रूपमा भोगेका आरोह अवरोह समेटेर प्रकाशन भएको उनको पुस्तक ‘स्पेयर’ विश्वभर चर्चित भएको छ । राजपरिवारसँगको उनको यो भेट उक्त पुस्तक बजारमा आएपछिको पहिलो हुनेछ ।
पारिवारिक मनोमालिन्यका कारण तीन वर्षअघि राजकुमार ह्यारी र उनकी पत्नी मेघनले राजकीय कर्तव्यबाट अवकाश लिएको घोषणा गर्दै अमेरिका बसाँइ सरेका थिए । राजपरिवारका सदस्यबीचको वैमनस्यता गत महिना फेरि सार्वजनिक भयो जब विन्डसर दरबारमा रहेको राजकुमार ह्यारीको निवास फ्रोगमोर कटेज खाली गर्न भनिएको थियो ।
विश्वका १६ भाषामा छापिएको ह्यारीको आत्मकथामा बेलायती राजपरिवारभित्रका आपसी घृणा, स्वार्थ र वैमनस्यताका अचम्म लाग्दा किस्सा छन् । ह्यारीलाई सिंहासनको उत्तराधिकारी उनका दाजु विलियमले सन् २०१९ दरबारभित्रै पिटेको सनसनीखेज खुलासादेखि कौमार्य भङ्ग, अफगानिस्तनमा हेलिकप्टर उडान, विद्रोहीको हत्यालगायत सामग्री छन् । पुस्तकमा दाजुभाईबीच विवाद बढ्दै गएपछि विलियमले आफूलाई कठालोमा समातेर भुइँमा पछारिदिएको पत्नी मेघनलाई ‘अशिष्ट आइमाई’ भनेर गालीगलौज गरिएको स्मरण पनि समेटिएको छ ।
सन् १९८४ को सेप्टेम्बर १५ मा जन्मेका ह्यारी बेलायतका राजा चाल्र्स र उनकी पहिलो पत्नी डायनाका दोस्रो सन्तान हुन् । अमेरिकी अभिनेत्री मेघन मार्कलसँग विवाह गर्नुअघि उनी ससेक्सको ड्युक थिए । अश्वेत युवती मेघनसँगको विवाहलाई दरबारले कहिल्यै मन पराएन । परिवारभित्रै बाहिरियाजस्तो हुन पुगेपछि उनी दुई सन्तान आर्ची र लिलिबेटका साथ अमेरिका प्रस्थान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
१२ बजे १२ समाचार : यस्ता छन् मुख्यमुख्य घटनाक्रम
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण