रकमान्तर नियन्त्रण गर्न महालेखापरीक्षकको सुझाव
काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले अनावश्यक रकमान्तर नियन्त्रण गर्न सरकारलाई सुझाव दिएको छ । बजेट व्यवस्था सुरु नभएका र बजेट खर्च गर्न नसक्ने अवस्थामा समेत अन्तर मन्त्रालय तथा शीर्षकबीच रकमान्तर हुने गरेकोतर्फ सचेत गराउँदै महालेखापरीक्षकले सरकारलाई सुझाव दिएको हो ।
बिहीबार ६०औं वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्दै महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा कूल बजेटको १२.०३ प्रतिशत रकम रकमान्तर भएको जनाएको छ । आर्थिक वर्षका लागि कूल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख बजेट विनियोजन भएकोमा १ खर्ब ९६ अर्ब ४१ करोड ४८ लाख ८४ हजार रुपैयाँ रकमान्तर भएको हो ।
सोमध्ये आषाढ महिनामा ८२ अर्ब ८० करोड ६७ लाख ८५ हजार र आषाढको अन्तिम हप्तामा २६ अर्ब ९९ करोड ६९ लाख ७१ हजार रकमान्तर गरी विभिन्न उपशीर्षकमा रकम थप गरिएको महालेखापरीक्षकले प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बजेट उपशीर्षक अर्थ विविधमा एकमुष्ट ८८ अर्ब ७० करोड ७२ लाख विनियोजन गरेकोमा विभिन्न बजेट उपशीर्षकबाट १५ अर्ब ७२ करोड ८१ लाख अर्थात् सुरु बजेट विनियोजनको १७.७३ प्रतिशत रकमान्तर थप र ७९ अर्ब ४६ करोड ८४ लाख अर्थात् सुरु बजेट विनियोजनको ८९.५९ प्रतिशत रकमान्तर घटाएर २४ अर्ब ९६ करोड ६९ लाख दुख बजेट कायम गरिएको छ ।
उक्त शीर्षकबाट १ अर्ब ९२ करोड ४ लाख खर्च गरी २३ अर्ब ४ करोड ६६ लाख बजेट बाँकी रहेको देखिएको र यसरी खर्च गर्न नसकिने अवस्थामा समेत रकमान्तर हुँदा वित्तीय समस्या देखिएको महालेखापरीक्षकले प्रतिवेदनमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण