मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘ज्याकी आई एम ट्वान्टी वान’को ट्रेलरमा के छ ?

शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौँ । २१ वैशाखबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘ज्याकी आई एम ट्वान्टी वान’ को ट्रेलर सार्वजनिक भएको छ । 

निर्माण युनिटले नयाँ वर्षको अवसर पारेर राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा बाबु र आफ्नो सपनाको दोधारमा अल्झिएको युवा ज्याकीको कथा देखाउन खोजिएको छ । 

नेपालकै पहिलो डान्स ड्रामा ‘ज्याकी आई एम ट्वान्टी वान’ रेनशा राई रानाले निर्देशन गरेकी हुन् । फिल्ममा प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराको लगानी छ ।

आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु बजाज, सुजता राई, सुर्यमन लिम्बु, विकास जोशी, प्रदीप लामा, सुशान्त गौतम, नारायणदेवी प्रधान, रिजोन परियार, विकास जोशी लगायतका कलाकारको अभिनय छ ।

सुशान्त प्रजापतिको छायांकन रहेको फिल्ममा सोमनाथ खनाल र रेनशा राई रानाको संवाद, निमेष श्रेष्ठको सम्पादन छ । फिल्ममा रोहित शाक्य, स्वप्निल शर्मा, कालिप्रसाद बाँस्कोटाको संगीत, द वाइल्र्ड रिपर्ज क्रुको कोरियोग्राफी छ ।

कार्यक्रममा निर्देशक राई रानाले फिल्मले नेपाली समाजकै कथा भन्ने बताइन् । अभाव, गरिबी, सपनाको दोसाधमा अल्झिएका यूवाहरुको कथालाई फिल्ममा राखिएको उनको भनाइछ ।

अभिनेता धिरज मगरले फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ दर्शकका लागि विल्कुलै फरक स्वादको फिल्म हुने बताए । फिल्मका लागि आफूले ३ बर्ष दिएको र दर्शकले त्यो मिहिनेतलाई स्वीकार गर्ने विश्वास उनको छ । 

अभिनेत्री जसिता गुरुङले पनि फिल्मबाट आफूलाई आशा भएको बताइन् । फिल्ममा ‘रुबी’ पात्रको भूमिकामा देखिएकी जसिताले फिल्मले एउटी युवतिको सपना भन्ने बताइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया