बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
मङ्गलबार, ३० असार २०८३, २१ : ४६
सारांश
- बलात्कार मुद्दामा ७ वर्ष कैद सजाय हुने फैसला भएका एक जना फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको कालीमाटीबाट पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भएका रोहण केशरी छन् ।
- पर्सा जिल्ला अदालतले २०८१ असार २३ मा ७ वर्ष कैद, ३ लाख जरिवाना र पीडितलाई २५ हजार क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
काठमाडौँ । बलात्कार मुद्दामा ७ वर्ष कैद सजाय हुने फैसला भएका एक जना फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको कालीमाटीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–९ घर भएका रोहण केशरी छन् । मंगलबार उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरद थापाले रातोपाटीलाई बताए ।
उनलाई पर्सा जिल्ला अदालतले २०८१ असार २३ मा ७ वर्ष कैद, ३ लाख जरिवाना र पीडितलाई २५ हजार क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
अदालतले उनिविरुद्ध पीडित राहत कोषमा १२ हजार दाखिला गर्नुपर्ने ठहर गरेको छ । प्रतिवादीलाई बुधबार अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण