लन्डनमा सार्वजनिक भयो नयाँ तीज गीत ‘छम्म छम्म नाचौंला’
सारांश
- लन्डनमा हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत ‘छम्म छम्म नाचौंला’ सार्वजनिक गरिएको छ।
- गीतमा तीजको मौलिकता, माइतीघरको सम्झना, दिदीबहिनीको आत्मीयता, दर खाने परम्परा, व्रत, नृत्य र आधुनिक जीवनशैलीका साथै महंगिएको सुनको मूल्य जस्ता समसामयिक विषयलाई रोचक ढंगले समेटिएको छ।
- बिनिता बस्नेतले दर्शक श्रोताको माया पाएमा युट्युबबाट प्राप्त आम्दानी नेपालका असहाय तथा विपन्न क्षेत्रमा आर्थिक सहयोग गरिने बताएकी छन्।
लन्डन । हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत ‘छम्म छम्म नाचौंला’ सार्वजनिक गरिएको छ। मौलिक नेपाली संस्कृति, माइती–चेलीको आत्मीय सम्बन्ध र तीजको उल्लासलाई समेटिएको उक्त गीत क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रममा सार्वजनिक गरिएको हो। गीत गोर्खा इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।
गीतका शब्द तथा सङ्गीत बेलायतमा रहेका पत्रकार, गीतकार तथा सामाजिक अभियन्ता नरेन्द्र बस्नेतको रहेको छ भने स्वर एआई भोकलबाट तयार गरिएको हो। ‘यसपालीको तीजमा, चेली माइती साथमा, छम्म छम्म नाचौँला समाएर हातमा’ बोलबाट सुरु हुने गीतले तीजको मौलिकता, माइतीघरको सम्झना, दिदीबहिनीको आत्मीयता र समसामयिक विषयलाई रोचक ढंगले प्रस्तुत गरेको छ।
‘यसपालीको तीजमा, चेली माइती साथमा, छम्म छम्म नाचौँला समाएर हातमा’ बोलबाट सुरु हुने गीतले तीज पर्वको रमाइलो, माइतीघरको सम्झना, दिदी बहिनीबिचको आत्मीयता, दर खाने परम्परा, व्रत, नृत्य र आधुनिक पुस्ताको जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। गीतमा तीजको सांस्कृतिक पक्षसँगै समसामयिक विषय जस्तै महंगिएको सुनको मूल्य, ‘सेल्फी खिचौंला’ र ‘टिकटक बनाउँला’ जस्ता विषयलाई पनि रोचक ढंगले समेटिएको छ।
गीतको भिडियोमा बिनिता बस्नेतको प्रस्तुति रहेको छ। भिडियोको निर्देशन, छायांकन तथा सम्पादन पशुपति सुनारले गरेका छन् भने कोरियोग्राफी सन्ध्या रसाइलीको रहेको छ। बिनिता बस्नेतले दर्शक श्रोताको माया पाएमा युट्युबबाट प्राप्त आम्दानी नेपालका असहाय तथा विपन्न क्षेत्रमा आर्थिक सहयोग गरिने बिनिताले बताएकी छन्।
गीतकार नरेन्द्र बस्नेतले यसअघि पत्रकारितामाथि आधारित ‘पत्रकार पत्रकार, हामी पत्रकार’ गीत तथा क्षेत्री समाज बेलायतको आधिकारिक थीम गीत ‘हामी क्षेत्री’ समेत सार्वजनिक गरिसकेका छन् । आगामी तीजलाई लक्षित गरी सार्वजनिक गरिएको ‘छम्म छम्म नाचौंला’ ले नेपालसहित विश्वभर रहेका नेपाली समुदायमा तीजको उत्साह थप बढाउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११२ शाखा अधिकृतको सरुवा, को कहाँ ? (सूचीसहित)
-
मिडिया हाउसको गेट अगाडि सरकार स्वयंले गाडी पार्क गरेको कांग्रेस सांसद गुरुङको आरोप
-
खुट्टामा गोली लागेका जेनजी आनन्द भन्छन्ः सरकाले हामीलाई बिदेसिन बाध्य बनायो
-
मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उद्धार
-
सुदूरका मुख्यमन्त्रीलाई गगनकाे सुझाव : बजेट विवाद सहमतिबाट समाधान गर्नुहाेला
-
अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ–मुग्लिन सडक बन्द, यात्रा नगर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण