पाकिस्तानद्वारा न्युजिल्याण्ड ८८ रनले पराजित
शनिबार, ०२ वैशाख २०८०, ०६ : ५४
लाहौर । पहिलो टी–२० खेलमा पाकिस्तानले न्युजिल्याण्डमाथि ८८ रनको शानदार जीत हासिल गर्न सफल भएको छ । पाकिस्तानले प्रस्तुत गरेको १८३ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्ड मात्र ९४ रनमा सीमित बनेको हो ।
न्युजिल्याण्डका लागि मार्क च्यापम्यानले सर्वाधिक ३४ रन बनाए भने कप्तान टम ल्याथमले २० रनको योगदान दिए । न्युजिल्याण्डलाई सस्तोमा समेट्न पाकिस्तानका ह्यारिस राउफले ४ तथा इमाद वसिमले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९.५ ओभरमा अलआउट हुँदै १८२ रन बनाएको थियो । फकर जमान र सइम अयुबले समान ४७–४७ रनको योगदान दिए । न्युजिल्याण्डका लागि म्याट हेनरीले ३ तथा एडम मिल्ने र बेन लिस्टरले २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण