मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

मोरङमा ट्र्याक्टर दुर्घटना : एकको मृत्यु, १८ जना घाइते

शनिबार, ०२ वैशाख २०८०, १८ : ०७
शनिबार, ०२ वैशाख २०८०

मोरङ । मोरङमा ट्र्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । रंगेली नगरपालिकाको आमतोलामा आज दिउँसो भएको दुर्घटनामा ग्रामथान गाउँपालिकाकी ६० वर्षीया वैशाखी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आमतोला–तेतरियाको भित्री सडकखण्डमा प्रदेश १–०१–००१ त ९५५३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ । घाइतेहरूको रंगेली र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्र्याक्टर चालक ग्रामथानका करिब ३१ वर्षीय बालक माझी फरार भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप