मोरङमा ट्र्याक्टर दुर्घटना : एकको मृत्यु, १८ जना घाइते
शनिबार, ०२ वैशाख २०८०, १८ : ०७
मोरङ । मोरङमा ट्र्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । रंगेली नगरपालिकाको आमतोलामा आज दिउँसो भएको दुर्घटनामा ग्रामथान गाउँपालिकाकी ६० वर्षीया वैशाखी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आमतोला–तेतरियाको भित्री सडकखण्डमा प्रदेश १–०१–००१ त ९५५३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ । घाइतेहरूको रंगेली र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्र्याक्टर चालक ग्रामथानका करिब ३१ वर्षीय बालक माझी फरार भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण