मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तनहुँको आबुखैरेनी गाउँपालिका सभापतिसहित २ जना कांग्रेसबाट निष्काशित

आइतबार, ०३ वैशाख २०८०, ०७ : ४६
आइतबार, ०३ वैशाख २०८०

काठमाडौं । नेपाली कांग्रेस तनहुँले उपनिर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध प्रचार प्रसार गरेको भन्दै दुई जनामाथि कारबाही गरेको छ । नेपाली कांग्रेस अनुशासन समिति तनहुँको वैशाख २ गते बसेको बैठकले पार्टीको क्रियाशील सदस्य समेत नरहने गरी दुई जनालाई पार्टीबाट निष्काशन गरेको हो ।

पार्टीको आबुखैरेनी गाउँपालिका सभापति विष्णुबहादुर पन्थ र व्यवास नगरपालिका ३ का क्रियाशील सदस्य राजु दाहाललाई निष्काशन गरिएको नेपाली कांग्रेस अनुशासन समिति तनहुँका संयोजक केशबादुर सुनारले जानकारी दिए ।

340777455_182422481335771_3096672486155012799_n

तनहुँ १ मा वैशाख १० गते हुने उपनिर्वाचनमा कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीले स्वर्णिम वाग्ले र राप्रपाले शोभा गुरुङलाई उम्मेदवार बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप