तनहुँको आबुखैरेनी गाउँपालिका सभापतिसहित २ जना कांग्रेसबाट निष्काशित
आइतबार, ०३ वैशाख २०८०, ०७ : ४६
काठमाडौं । नेपाली कांग्रेस तनहुँले उपनिर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध प्रचार प्रसार गरेको भन्दै दुई जनामाथि कारबाही गरेको छ । नेपाली कांग्रेस अनुशासन समिति तनहुँको वैशाख २ गते बसेको बैठकले पार्टीको क्रियाशील सदस्य समेत नरहने गरी दुई जनालाई पार्टीबाट निष्काशन गरेको हो ।
पार्टीको आबुखैरेनी गाउँपालिका सभापति विष्णुबहादुर पन्थ र व्यवास नगरपालिका ३ का क्रियाशील सदस्य राजु दाहाललाई निष्काशन गरिएको नेपाली कांग्रेस अनुशासन समिति तनहुँका संयोजक केशबादुर सुनारले जानकारी दिए ।

तनहुँ १ मा वैशाख १० गते हुने उपनिर्वाचनमा कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीले स्वर्णिम वाग्ले र राप्रपाले शोभा गुरुङलाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण