प्रधानमन्त्री प्रचण्ड संसदबाट हराउनुभयो : सांसद पन्त
आइतबार, ०३ वैशाख २०८०, १५ : ००
काठमाडौँ । नेकपा (एमाले)का नेता एवं सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदबाट हराएको टिप्पणी गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री दाहाल संसदमा नआएकोमा व्यङ्ग्य गरेका हुन् ।
उनले प्रहरीले नागरिक हराएको बेला सूचना जारी गरेजसरी प्रधानमन्त्री दाहाल हराएको भन्दै कसैले भेटेमा संसद् भवन नयाँ बानेश्वरमा बुझाउन पनि भनेका छन् ।
प्रधानमन्त्री दाहाल संसदमा आउनै छाडेकाले सो सूचना जारी गर्नु परेको उनको भनाई थियो ।
सांसद पन्तले केही दिनअघि संसदमा झुलुक्क झल्किनु भएका प्रधानमन्त्री दाहाललाई आफूले अन्तिम पटक बालुवाटार छेउछाउ देखेको कटाक्ष पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण