सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्ड संसदबाट हराउनुभयो : सांसद पन्त

आइतबार, ०३ वैशाख २०८०, १५ : ००
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । नेकपा (एमाले)का नेता एवं सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदबाट हराएको टिप्पणी गरेका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री दाहाल संसदमा नआएकोमा व्यङ्ग्य गरेका हुन्  । 

उनले प्रहरीले नागरिक हराएको बेला सूचना जारी गरेजसरी प्रधानमन्त्री दाहाल हराएको भन्दै कसैले भेटेमा संसद् भवन नयाँ बानेश्वरमा बुझाउन पनि भनेका छन् ।  

प्रधानमन्त्री दाहाल संसदमा आउनै छाडेकाले सो सूचना जारी गर्नु परेको उनको भनाई थियो ।  

सांसद पन्तले केही दिनअघि संसदमा झुलुक्क झल्किनु भएका प्रधानमन्त्री दाहाललाई आफूले अन्तिम पटक बालुवाटार छेउछाउ देखेको कटाक्ष पनि गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप