शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कतारले सन् २०२३ मा ५० लाखभन्दा बढी पर्यटक भित्र्याउने अपेक्षा

आइतबार, ०३ वैशाख २०८०, २१ : ३४
आइतबार, ०३ वैशाख २०८०

दोहा । विश्वकपपछि केही सुनसान देखिएपनिसन् २०२३ मा ५० लाखभन्दा बढी मानिसले खाडी मुलुक कतारको भ्रमण गर्ने अपेक्षा गरिएको यहाँका पर्यटन प्रमुखले आइतबार बताएका छन् । 

कतार एयरवेज र कतार पर्यटनका प्रमुख अकबर अल–बेकरले डिसेम्बर १९ मा भएको विश्वकप फाइनलपछि होटलहरू शान्त भएको स्वीकारे ।  

तर प्रतियोगितापछि हरेक विश्वकप आयोजकको अवस्था उस्तै रहनेगरेको बताउँदै उनले कतारका होटलहरू अझै पनि ६५ देखि ७० प्रतिशत सम्म भरिभराउ रहेको बताए ।

बेकरले सन् २०२३ को पहिलो त्रैमासिकमा ११ लाख ६० हजार पर्यटक कतारको भ्रमण अवलोकन गरेको पत्रकार सम्मेलनमा एएफपीसँग बताए ।

सन् २०१९ मा कोरोना भाइरस महामारी अघि करिब २१ लाख पर्यटक आएका थिए । तुलनात्मक रूपमा, प्रतिद्वन्द्वी दुबईमा २०२२ मा एक करोड ४० लाखभन्दा बढी पर्यटकहरू भेला भएका थिए ।

आफ्नो प्राकृतिक ग्याँस सम्पत्तिमा निर्भरता अन्त्य गर्न कतारले पर्यटनका लागि पूर्वाधार र प्रमुख खेलकुद कार्यक्रमहरू आयोजना गर्न अरबौं डलर खर्च गरेको छ ।

सरकारले सन् २०३० सम्ममा वार्षिक ६० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । “मलाई लाग्छ, सन् २०२३ मा हामी लक्ष्यबाट धेरै टाढा हुनेछैनौं,” बेकरले एएफपीसँग भने । 

“फिफाका कारण हामीले आतिथ्य उद्योगमा धेरै पूर्वाधारहरू निर्माण गर्यौं र निःसन्देह पनि आगामी महिनाहरूमा होटेल प्रयोग दरहरू माथि जाने सुनिश्चित हामीले गर्दैछौं  ।

सन् २०२४ को अक्टोबर २ देखि मार्च २८ सम्म आयोजना हुने अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनीमा सहभागी हुने ३० लाख पर्यटकमध्ये करिब एक तिहाइ विदेशी पर्यटकले अवलोकन गर्ने अनुमान कतारले गरेको छ ।-(रासस/एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप