मल आपूर्तिमा सधैंको झमेला
हरेक वर्ष खेतीपातीको मुख्य सिजनमा रासायनिक मलको चरम अभाव देखिनु नेपाली किसानका लागि नियमित दुर्दशा भइसकेको छ । मल खरीदका लागि शुरूमै पर्याप्त बजेटको व्यवस्था नहुनु, खरीद प्रक्रिया असफल हुनु र ब्याकअप टेन्डरको व्यवस्था नहुनुजस्ता कारणले समयमै मल आपूर्ति हुन नसकेको बताइन्छ ।
मल अभावको असर पछिल्ला वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा समेत देखिन थालेको छ । पछिल्लो १ दशकको अवधिमा जीडीपीमा कृषिक्षेत्रको योगदान ३२ दशमलव ७ प्रतिशतबाट घटेर २३ दशमलव ९ प्रतिशत भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा खेती गरिने कुल ३० लाख ९१ हजार हेक्टर जमीनमा पुग्नेगरी प्रयोग गर्दा वर्षमा ७ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । कम प्रयोग गर्दा पनि वर्षभरिमा ५ लाख २० हजार मेट्रिक टन मल आवश्यक हुन्छ । तर, मन्त्रालयकै तथ्यांकले विगत ७ वर्षमा कुनै पनि वर्ष ४ लाख मेट्रिक टनभन्दा बढी रासायनिक मल आपूर्ति भएको देखाउदैन । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण