शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
मिटरब्याजी पीडितमाथि प्रहरीको लाठी,तस्बिरहरु
फोटोफिचर

मिटरब्याजी पीडितमाथि प्रहरीको लाठी,तस्बिरहरु

सोमबार, ०४ वैशाख २०८०

काठमाडौँ । मिटरब्याजी पीडित र प्रहरीबीच झडप भएको छ । सोमबार रत्नपार्कस्थित शान्ति बाटिकामा पीडितहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले रोक्न खोज्दा उनीहरुबीच झडप भएको हो ।

प्रदर्शनमा निस्किएका मध्ये ३० जना मिटरब्याजी पीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । मिटरब्याजी पीडितहरुले प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको आरोप लगाएका छन् । उनीहरुले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए ।  

शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । सिंहदरबार वरपर आन्दोलन गर्न नदिने भन्दै जिल्ला प्रशासनले प्रहरी प्रशासन तैनाथ गर्न लगाएपछि शान्ति बाटिकामा नै प्रहरी र मिटरब्याजी पीडितबीच झडप भएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया