वायु प्रदुषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन
काठमाडौँ । विष्णुमती नदीलाई छुने काठमाडौँ महानगरपालिकाका १० वटा वडालाई समेटेर वायु प्रदुषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन भएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले आज वडा नं. १२, १३, १४, १५, १६, १७, १८, १९, २० र २५ वाट जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधि बोलाएर निरु महर्जनको अध्यक्षतामा ११ सदस्यीय सञ्जाल गठन गरेको हो । सञ्जालमा १० वटा वडामध्ये वडा नं. १६ बाट २ जना र बाँकी वडाबाट १÷१ जना सहभागी गराइएको सहायक निर्देशक सानुमैयाँ महर्जनले जानकारी दिए ।
सञ्जाल उपाध्यक्षमा पपुल सापकोटा र सचिवमा पवनप्रसाद गोर्खाली छन् । यस्तै सदस्यहरुमा गोविन्द श्रेष्ठ, स्वीट थापा, सरिता बज्राचार्य, अनेश चित्रकार, नानीहेरा डंगोल, कमल काफ्ले, गौरी देवकोटा हुनुहुन्छ । समितिमा वडा नं. १८ बाट सदस्य थप गर्न बाँकी छ ।
सञ्जालसँगै सागर प्रजापती, कृपा श्रेष्ठ र विभूति मानन्धर रहेको ३ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ ।
स्टेट अफ ग्वोबल एअरले सन् २०२० गरेको अध्ययन अनुसार मृत्युको विश्वव्यापी अवस्थामा श्वासप्रश्वास असरका कारण ४० प्रतिशत, फोक्सोको क्यान्सरका कारण १९ प्रतिशत, फोक्सो तथा श्वासप्रश्वास प्रणालीमा हुने संक्रमणका कारण ३० प्रतिशत, मधुमेहका कारण २० प्रतिशत, इस्केमिक हृदय रोगबाट २० प्रतिशत मानिसको मरण हुने गरेको छ । यस्ता असरको मूख्य कारण बायु प्रदुषण हो । यसैकारण २० प्रतिशत नवजात शिशुको मृत्यु हुने गरेको छ । यस्तै औसत आयु घट्दै गएको छ । वायु प्रदुषणका लागि ठूला ठूला कलकारखाना, आगलागी, इन्धनको प्रयोग मात्र जिम्मेवार र्छैनन् । व्यक्तिले घरभित्र र वाहिर गर्ने दैनिक व्यवहारका कारण पनि प्रदुषण बढ्नुमा सहयोग गरेको छ ।
स्वच्छ र स्वस्थ बातावरणमा बाँच्न पाउने हकलाई नेपालमा कानुनी रुपमै सुरक्षित गरिएको छ । कानुनमा वातावरणीय प्रदुषण वा ह्रासवाट हुने क्षति वापत पीडितलाई प्रदुषकबाट कानुन वमोजिम क्षतिपूर्ति पाउने हक राखिएको छ । बन, वातावरण, सरसफाइ तथा फोहोरमैला व्यवस्थापन, यातायात प्रणाली, जनस्वास्थ्य जस्ता विषयमा द्रदुषणसँग अन्तरसम्बन्धित छन् । प्रदुषण तथा वातावरणीय जोखिम नियन्त्रण, हानीकारक बस्तुको नियमन प्रदुषण नियन्त्रणका लागि अबलम्बन गरिनु पर्ने प्रमुख काम भएको महानगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्ने मेसीका लागि अन्तिम अवसर
-
मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी
-
अमेरिकी सैनिक मारिएपछि इरानमाथि अमेरिकी हवाई आक्रमण
-
१० बजे १० समाचार : विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, टेकुमा गोली चल्यो
-
गुयानाको तटमा ११६ जना बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति हताहत भएको आशङ्का
-
प्रहरी महानिरीक्षक कार्की थाइल्यान्ड प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण