शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच वर्षे छोरीलाई स्कुल जान फकाउन आमाबुवाले दिए मर्सिडिज गाडी उपहार

मङ्गलबार, ०५ वैशाख २०८०, १६ : ५३
मङ्गलबार, ०५ वैशाख २०८०

आफ्नो सन्तान सुखी र खुसी होउन् भन्ने हरेक आमाबुवाको चाहना हुन्छ । मलेसियाका एक दम्पतीले एक कदम अघि बढ्दै आफ्नी पाँच वर्षे छोरीलाई उपहार स्वरूप मर्सिडिज एसयूभी दिएका छन् । छोरीलाई स्कुल जान प्रोत्साहित गर्न यसो गरिएको बताइएको छ । 

अडिटी सेन्ट्रलका अनुसार यस महिनाको सुरुमा मलेसियाकी व्यापारी महिला फर्हाना जाहराले एउटा टिकटक भिडियो पोस्ट गरेकी थिइन् । उक्त भिडियोमा उनले आफ्नी छोरी फातिमालाई ‘जन्मदिनमा उपहारमा के चाहन्छौ’ भनेर सोधिरहेको सुन्न सकिन्छ । ती बालिकाले आफूलाई हरियो रङको मर्सिडिज जी वागन वा बीएमडब्ल्यू चाहिएको जवाफ दिन्छिन् । त्यही भिडियोमा फर्हानाले ‘भनेको जस्तै उपहार पाए खुसी भएर स्कुल जाने बाचा गर है त’ भन्छिन् । यसमा फातिमाले स्वीकारोक्ति जनाउँछिन् । फर्हाना र उनका श्रीमानले छोरीलाई स्कुल पठाउन मनाउन सकिरहेका थिएनन् । त्यसैले उनीहरुले यो अवसरलाई छोरीलाई फकाउन प्रयोग गर्ने निधो गरे ।

अप्रिल १० मा पोस्ट गरिएको अर्को टिकटक भिडियोमा फातिमालाई आँखामा पट्टी बाँधेर सर्प्राइज दिन लागेको देख्न सकिन्छ । उनलाई उनका आमाबुवाले जन्मदिनको उपहार भए ठाउँ डाहोर्‌याइरहेका थिए । उपहार देखेर ती बालिका निकै खुसी भएको उनकी आमाले बताइन् किनभने उपहार उनले भनेको जस्तै हरियो रङको जी वागन नै थियो । क्याप्सनमा उनकी आमाले लेखेकी छिन् – कार देखेपछि उनी निकै उत्साहित भइन् । उनले कारको चाबी बोकेको बोक्यै गरिरहेकी थिइन् । 

@farhanazahra91 Hari tu alasan dia xnak g school sbb belom birthday dia so xcukup lagi 5 tahun , sekarang dia mintak cikna BMW dengan G wagon plak baru nak g school, bmw cikna tahu la , g wagon menatang hape weyh??? 😭😭😭#farhanazahra91 #fypシ #fyp ♬ original sound - Farhana Zahra

२१ सेकेन्डको उक्त भिडियोमा फर्हाना र उनका श्रीमान्‌ले फातिमाले जे इच्छा गरेकी छिन् ठ्याक्कै त्यही दिन चाहेको बताइन् । फातिमालाई विद्यालय जान प्रोत्साहित गर्नका लागि आफूहरूले यस्तो गरेको फर्हानाले बताइन् । आफ्नी छोरीले भविष्यमा डाक्टर बन्ने इच्छा व्यक्त गरेको पनि फर्हानाले जानकारी दिइन् ।

टिकटकले यो भिडियोमा मिश्रित प्रतिक्रिया पाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप