किम जोङ–उनले बनाए जासुसी उपग्रह, प्रक्षेपण गर्ने तयारी

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले आफ्नो देशले पहिलो सैन्य जासुसी उपग्रह निर्माणको काम पूरा गरेको बताएका छन् ।
उत्तर कोरियाको आधिकारिक वेबसाइट केसीएनएले किम जोङ–उनले यसलाई प्रक्षेपण गर्ने अनुमति दिएको बताएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार मङ्गलवार किम जोङ–उनले आफ्ना सैन्य अधिकारीसँग भने, ‘देशको पहिलो जासुसी उपग्रहको काम अप्रिल महिनासम्म पूरा हुनेछ, यसलाई योजना अनुसार छोड्न सकिनेछ ।’
उनले अमेरिका र दक्षिण कोरियाबाट बढ्दो खतराका बीचमा यो भूउपग्रहले देशको सुरक्षा क्षमता बढाउने बताए ।
कोरियाले ठोस इन्धन अन्तर महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गरेको दाबी गरेको एक सातापछि देशको पहिलो सैन्य जासुस उपग्रहको निर्माण सम्पन्न भएको खबर आएको हो ।
(URGENT) Kim Jong-un says N. Korea to launch military reconnaissance satellite as planned https://t.co/8kiQkvFDYf
— Yonhap News Agency (@YonhapNews) April 18, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म