किम जोङ–उनले बनाए जासुसी उपग्रह, प्रक्षेपण गर्ने तयारी
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले आफ्नो देशले पहिलो सैन्य जासुसी उपग्रह निर्माणको काम पूरा गरेको बताएका छन् ।
उत्तर कोरियाको आधिकारिक वेबसाइट केसीएनएले किम जोङ–उनले यसलाई प्रक्षेपण गर्ने अनुमति दिएको बताएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार मङ्गलवार किम जोङ–उनले आफ्ना सैन्य अधिकारीसँग भने, ‘देशको पहिलो जासुसी उपग्रहको काम अप्रिल महिनासम्म पूरा हुनेछ, यसलाई योजना अनुसार छोड्न सकिनेछ ।’
उनले अमेरिका र दक्षिण कोरियाबाट बढ्दो खतराका बीचमा यो भूउपग्रहले देशको सुरक्षा क्षमता बढाउने बताए ।
कोरियाले ठोस इन्धन अन्तर महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गरेको दाबी गरेको एक सातापछि देशको पहिलो सैन्य जासुस उपग्रहको निर्माण सम्पन्न भएको खबर आएको हो ।
(URGENT) Kim Jong-un says N. Korea to launch military reconnaissance satellite as planned https://t.co/8kiQkvFDYf
— Yonhap News Agency (@YonhapNews) April 18, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण