उपप्रधान तथा कानुनमन्त्री खड्काद्वारा पदभार ग्रहण
काठमाडौँ । उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले पदभार ग्रहण गरेका छन् । उपप्रधानमन्त्री खड्काले बुधबार दिउँसो कानुन मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् ।
चैत १७ मा उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका खड्काको बाँधमा कानुन मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ । पदभार ग्रहण गर्ने क्रममा उपप्रधानमन्त्री खड्काले कानुन न्याय तथा संसदीय मन्त्रालयले राज्यका तीन निकायबीच समन्वय गर्ने बताए ।
‘कार्यपालिका, व्यवस्थापिक र न्यायपालिकाबीच समन्वयको काम पनि गर्छ । तीन वटा निकायसँग जोडिएको मन्त्रालय भएका कारणले यसको बहुआयमिक भूमिका छ । यसले आफ्नो कामसँगसँगै समन्वयको पनि भूमिका निर्वाह गर्ने महत्त्वपूर्ण र गम्भीर दायित्व पनि छ ।’
संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका लागि क्रियाशील हुनुपर्ने जिम्मेवारी पनि रहेको उनले बताए । ‘संविधानमा व्यवस्था गरिएका मानवअधिकार र मौलिक हकसँग जोडिएका कानुन निर्माण गर्ने प्रक्रिया चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाँजा खेतीलाई वैधानिकता दिन सांसद सापकोटाको माग
-
कर्णालीमा सत्तारुढ दलकै सांसदले स्वकीयको तलब माग गर्दै संसद् अवरोध गरेपछि...
-
प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी
-
नेप्से सामान्य अङ्कले घट्यो, कारोबार रकम बढ्यो
-
राजपुरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
१ अर्ब रुपैयाँ बराबरको बजेट संशोधन गर्ने प्रतिबद्धता, साउन मसान्तभित्र त्रुटि सच्याइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण