शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

उपप्रधान तथा कानुनमन्त्री खड्काद्वारा पदभार ग्रहण

बुधबार, ०६ वैशाख २०८०, १६ : ०९
बुधबार, ०६ वैशाख २०८०

काठमाडौँ । उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले पदभार ग्रहण गरेका छन् । उपप्रधानमन्त्री खड्काले बुधबार दिउँसो कानुन मन्त्रालयमा  पदभार ग्रहण गरेका हुन् । 

चैत १७ मा उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका खड्काको बाँधमा कानुन मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ । पदभार ग्रहण गर्ने क्रममा उपप्रधानमन्त्री खड्काले कानुन न्याय तथा संसदीय मन्त्रालयले राज्यका तीन निकायबीच समन्वय गर्ने बताए ।

‘कार्यपालिका, व्यवस्थापिक र न्यायपालिकाबीच समन्वयको काम पनि गर्छ । तीन वटा निकायसँग जोडिएको मन्त्रालय भएका कारणले यसको बहुआयमिक भूमिका छ । यसले आफ्नो कामसँगसँगै समन्वयको पनि भूमिका निर्वाह गर्ने महत्त्वपूर्ण र गम्भीर दायित्व पनि छ ।’

संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका लागि क्रियाशील हुनुपर्ने जिम्मेवारी पनि रहेको उनले बताए । ‘संविधानमा व्यवस्था गरिएका मानवअधिकार र मौलिक हकसँग जोडिएका कानुन निर्माण गर्ने प्रक्रिया चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप