पावर समिट–थप २ हजार मेगावाट बिजुली भारत निर्यात गर्न निजी क्षेत्रबीच समझदारी
काठमाडौँ । नेपाल र भारतका निजी क्षेत्रबीच नेपालबाट थप २ हजार मेगावाट बिजुली निर्यात गर्न द्विपक्षीय समझदारी (एमओयू) भएको छ । मंगलबारदेखि काठमाडौँमा जारी समिटमा नेपाल पावर एक्सचेञ्जले भातका विभिन्न कम्पनीसँग २ हजार मेगावाट बिजुली निर्यातको सम्झौता गरेको हो ।
यसअघि, हिजो (मंगलबार) भारतकै स्टिलमिन्टसँग २०० मेगावाट बिजुली निर्यातको सम्झौता समेत पावर एक्सचेञ्जले गरेको थियो । कम्पनीका निर्देशक उत्तम ब्लोलले नेपालमा उत्पादित बिजुली किन्न भारतीय कम्पनी तत्पर रहेको बताए । उनले रातोपाटीसँग भने, ‘आज थप २ हजार मेगावाट बिजुली निर्यातको सम्झौता भएको छ ।’
नेपाल पावर एक्सचेञ्ज नेपालका निजी क्षेत्रबाट प्रवर्द्धित विद्युत् व्यापार कम्पनी हो । र, यसको मुख्य लक्ष्य अन्तरदेशीय विद्युत् व्यापार गर्नु हो । यही कम्पनीले गत वर्ष पनि भारतको मणिकरणसँग ५०० मेगावाट बिजुली निर्यातको सम्झौता गरेको थियो ।
ब्लोलले नेपाल सरकारले बिजुली व्यापारको अनुमति नदिएपनि सम्झौता गरेको बताए । पछिल्लो २ वर्षयता सरकारले निजी क्षेत्रलार्य बिजुली व्यापारको अनुमति दिने प्रयासरत छ । तर, विभिन्न कारणले निजी क्षेत्रले बिजुली व्यापारको लाइसेन्स पाएका छैनन् ।
‘हामीले भावी दिनमा बिजुली व्यापारको लाइसेन्स पाउने आस गरेका छौं?’ ब्लोल भन्छन्, ‘सरकारले अनुमति दिनसाथ भारततर्फ बिजुली निर्यात सुरु हुन्छ ।’ मंगलबारदेखि जारी पावर समिटमा भारतीय ठूला लगानीकर्ताहरुको ओइरो लागेको छ । समिट बुधबार सम्पन्न हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण