शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जापान प्रवेश गर्ने विदेशीको सङ्ख्यामा २७.५ प्रतिशतले वृद्धि

बुधबार, ०६ वैशाख २०८०, २१ : ०८
बुधबार, ०६ वैशाख २०८०

टोकियो । जापानमा मार्च महिनामा विदेशी पर्यटकको सङ्ख्या २७.५ प्रतिशतले वृद्धि भई १८ लाख १७ हजार ५०० पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । जापानको राष्ट्रिय पर्यटन सङ्गठनका अनुसार गत अक्टोबरमा जापानले व्यक्तिगत र गैर–पूर्वव्यवस्थित यात्राहरूमा लगाएको प्रतिबन्ध हटाएपछिको यो प्रवेश दर सबैभन्दा उच्च हो ।

स्वास्थ्य लाभको सङ्केत देखिए पनि कोभिड–१९ महामारी सुरु हुनुअघि सन् २०१९ को मार्चमा देखिएको तुलनामा मासिक आँकडा ३४.२ प्रतिशतले कम रहेको सङ्गठनले जनाएको छ ।
 
मार्चमहिनामा दक्षिण कोरियाबाट सबैभन्दा बढी पाँच लाख ६८ हजार ६०० र अमेरिकी पर्यटक दुई लाख तीन हजार जापान आएका थिए ।   दुई देशबीच सिधा हवाई उडानको बढ्दो सङ्ख्याका कारण चिनियाँ मुख्य भूमिबाट आउने पर्यटकको सङ्ख्या गत फेब्रुअरीको तुलनामा दोब्बर भएर गत महिना ७५ हजार ७०० पुगेको तथ्याङ्कले देखाएको छ ।

यसैबीच, छ लाख ९४ हजार ३०० जापानीले विदेश भ्रमण गरेका छन् । यो अघिल्लो बषैको तुलनामा अत्यधिक वृद्धि हो तर सन् २०१९ को सोही अवधिको तुलनामा ६४ प्रतिशतले कम हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप