जापान प्रवेश गर्ने विदेशीको सङ्ख्यामा २७.५ प्रतिशतले वृद्धि
टोकियो । जापानमा मार्च महिनामा विदेशी पर्यटकको सङ्ख्या २७.५ प्रतिशतले वृद्धि भई १८ लाख १७ हजार ५०० पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । जापानको राष्ट्रिय पर्यटन सङ्गठनका अनुसार गत अक्टोबरमा जापानले व्यक्तिगत र गैर–पूर्वव्यवस्थित यात्राहरूमा लगाएको प्रतिबन्ध हटाएपछिको यो प्रवेश दर सबैभन्दा उच्च हो ।
स्वास्थ्य लाभको सङ्केत देखिए पनि कोभिड–१९ महामारी सुरु हुनुअघि सन् २०१९ को मार्चमा देखिएको तुलनामा मासिक आँकडा ३४.२ प्रतिशतले कम रहेको सङ्गठनले जनाएको छ ।
मार्चमहिनामा दक्षिण कोरियाबाट सबैभन्दा बढी पाँच लाख ६८ हजार ६०० र अमेरिकी पर्यटक दुई लाख तीन हजार जापान आएका थिए । दुई देशबीच सिधा हवाई उडानको बढ्दो सङ्ख्याका कारण चिनियाँ मुख्य भूमिबाट आउने पर्यटकको सङ्ख्या गत फेब्रुअरीको तुलनामा दोब्बर भएर गत महिना ७५ हजार ७०० पुगेको तथ्याङ्कले देखाएको छ ।
यसैबीच, छ लाख ९४ हजार ३०० जापानीले विदेश भ्रमण गरेका छन् । यो अघिल्लो बषैको तुलनामा अत्यधिक वृद्धि हो तर सन् २०१९ को सोही अवधिको तुलनामा ६४ प्रतिशतले कम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण