वैदेशिक रोजगारीको अवसर सुरक्षित गर्ने श्रीलङ्काको प्रयास जारी
कोलम्बो । श्रीलङ्काले दक्ष कामदारका लागि विभिन्न देशमा आकर्षक रोजगारीका अवसरहरू सुरक्षित गर्न सफल भएको एक मन्त्रीले बुधबार बताएका छन् ।
दक्ष कामदारका रोजगारीका अवसरहरू सुरक्षित गर्न जापान र युरोपमा बालबालिका तथा वृद्धहरूको हेरचाह गर्ने (केयरगिभर), इङ्ग्ल्यान्ड, क्यानडा र अस्ट्रेलियामा आतिथ्यता उद्योगसम्बन्धी रोजगारी र मध्यपूर्वमा निर्माण उद्योगको रोजगारी रहेको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले बताए ।
नानायककाराका अनुसार मार्च महिनामा आप्रवासी कामदारले ५६ करोड अमेरिकी डलर फिर्ता पठाएका थिए भने सरकारले सन् २०२३ को बाँकी अवधिमा मासिक ५० करोड डलर भन्दा बढी रकम प्राप्त गर्ने योजना बनाएको थियो ।
आफ्नो कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो कामको माग पूरा गर्न आवश्यक सीप भएका कामदार पाउन कठिन भएको बताए । रोजगारीका अवसर सुरक्षित गर्न आवश्यक दक्ष कामदार उत्पादन गर्नुपर्ने बताउँदै मन्त्री पुनले वैदेशिक रोजगारीमा जाने युवालाई तालीम प्रदान गर्न व्यावसायिक तालीम प्राधिकरणसँग सम्झौता गरिएको जानकारी दिए ।
श्रीलङ्काको केन्द्रीय बैंकको तथ्याङ्कअनुसार जनवरीमा ४३ करोड ७५ लाख डलर र फेब्रुअरीमा ४० करोड ७४ लाख डलर रेमिटेन्स भित्रिएको छ ।
सन् २०२१ र २०२२ का लागि आधिकारिक तथ्याङ्क क्रमशः ५.४९ अर्ब डलर र ३.८ अर्ब डलर थियो । आप्रवासी कामदारको विप्रेषण श्रीलङ्काका लागि वैदेशिक राजस्वको एक प्रमुख स्रोत हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण