अब १० करोडसम्मको विदेशी लगानीका उद्योग अनलाइनबाटै दर्ता गर्न सकिने
काठमाडौँ । १० करोडसम्मको विदेशी लगानीका उद्योग अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ । उद्योग विभागले कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृति जस्ता सेवाहरू स्वचालित मार्ग (अटोमेटिक रुट) बाट प्रदान गर्न सक्ने व्यवस्था जनाएको हो ।
चालू आव २०७९/०८० को बजेट वक्तव्यको बुँदा नं. ६६ मा रु. १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाइने उल्लेख छ । यसअघि भौतिक फाइलमार्फत मात्र विदेशी लगानी स्वीकृत गर्ने गरिएको थियो ।
आगामी आर्थिक वर्ष २०७९ श्रावण १ गतेदेखि अनलाइन प्रणालीमार्फत विदेशी लगानी स्वीकृत गर्ने कार्य प्रारम्भ गरिएको विभागले जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै विभागले सम्पूर्ण सेवालाई अटोमेसन गर्नेगरी तयारी गरिरहेको जनाएको हो ।
विभागले प्रशासनिक सुधार गर्न मानवीय संलग्नता विना स्वचालित प्रणालीबाट विदेशी लगानी स्वीकृत हुने व्यवस्था गर्ने जनाएको छ । यसका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ संशोधनको गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।
यस्तै विभागले विदेशी लगानीकर्ताले शत प्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्तरुपमा लगानी गर्न चाहेमा स्वीकृतिको जानकारी लगानीकर्ता, नेपाल राष्ट्र बैक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतबाट हुने जनाएको छ । विभागका अनुसार २ करोडदेखि १० करोडसम्मका परियोजनाका प्रस्तावित उद्योगहरूमा यस प्रणालीमार्फत् विदेशी लगानी गर्न सकिने छ । यो प्रणाली भारत, बङ्गलादेशलगायतमा पनि लागू भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण