आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु क्यापिटल सुरी हाइड्रोपावरबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

शुक्रबार, ०८ वैशाख २०८०, १३ : १३
शुक्रबार, ०८ वैशाख २०८०

प्रभु क्यापिटल लिमिटेड र मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडबिच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा मकर जितुमाया सुरी हाईड्रोपावरको तर्फबाट अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरे । 
 हाल मकर जितुमाया सुरी हाइड्रोपावरले प्रबद्र्धन गरेको सुरी खोला जलविद्युत आयोजनाको ६.४ मे.वा. क्षमताको विद्युत २०७९ वैशाख १८ देखि व्यवसायीक उत्पादनमा छ ।  यस्तै माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको ७ मे.गा. क्षमताको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ ।
शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटल लिमिटेडले मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरुको अभिलेख राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप