श्रीलङ्काको मुद्रास्फीति ५० प्रतिशतभन्दा तल झरेको दाबी
शुक्रबार, ०८ वैशाख २०८०, २१ : ००

कोलम्बो । श्रीलङ्काको हेडलाइन मुद्रास्फीति यस वर्षको फेब्रुअरीमा ५३.६ प्रतिशत रहेकोमा मार्चमा घटेर ४९.२ प्रतिशतमा झरेको यहाँको जनगणना तथा तथ्याङ्क विभागले शुक्रबार जनाएको छ ।
विभागले राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्क सार्वजनिक गर्दै खाद्य मुद्रास्फीति ४९ प्रतिशतबाट ४२.३ प्रतिशत र गैरखाद्य मुद्रास्फीति ५७.४ प्रतिशतबाट ५४.९ प्रतिशतमा झरेको जनाएको छ ।
विभागका अनुसार चामल, तरकारी, ताजा माछा, आलु, ढल, सुख्खा माछा, कुखुरा, मसलाजस्ता खाद्यवस्तुको मूल्य फागुनको तुलनामा चैतमा घटेको छ ।
नरिवल, नरिवलको तेल, अण्डा, हरियो चना, चामलको पिठो, चियाजस्ता वस्तुको मूल्य भने बढेको छ ।
विभागका अनुसार गैरखाद्य वर्गमा कपडा, जुत्ता चप्पल र हाउजिङको मूल्य बढेको छ भने पानी र बिजुलीजस्ता सार्वजनिक सेवाको मूल्य पनि बढेको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलादेवी : बिहेको चार महिनामै गणेशमान पक्राउ परेपछि दरबारमा जुलुस लगिन्
-
लिग–२ क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा, ऐरी बने उपकप्तान
-
ओलीले व्यवस्थाको बदनाम गर्दा प्रतिगामी हौसिए : पुन
-
वज्रपात
-
१४ वर्षमै कथा लेखेकी हिरण्यकुमारीको लेखन–यात्रा
-
‘पाकिस्तानलाई भारतको हमलाको जवाफ दिने पूर्ण अधिकार छ’