राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको मुद्दा दह्रोसँग उठाउछौँः प्रधान
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष ध्रुबबहादुर प्रधानले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्ने मुद्दालाई आफ्नो पार्टीले संसद भित्र र बाहिर पनि अझ दह्रो ढंगले उठाउने बताएका छन् ।
उपाध्यक्ष प्रधानले राजा संस्थाले सिंगो नेपालको प्रतिनिधित्व गर्ने र हिन्दु धर्म सबैले मान्दै आएको धर्म भएकाले त्यसलाई पुनःस्थापना गर्नका लागि आफ्नो पार्टी अझै क्रियाशील भएर लागिपर्ने जिकिर गरे ।
उनले सबैले मानिरहेको राजसंस्था र सबैले पालना गरिरहेको हिन्दु धर्मलाई राप्रपाले मुख्य एजेण्डा बनायो भनेर चिन्ता नगर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे ।
पूर्वकानुनमन्त्री समेत रहेका प्रधानले राप्रपाले जनताको पक्षमा कुनै एजेण्डा नबोकेको भनेर भ्रम छर्न खोजिएको भन्दै आपत्ति समेत जनाए ।
भ्रष्टाचार नियन्त्रण गर्न, कानुन निर्माण गर्न, जनतालाई नागरिकता दिनका लागि नागरिकता विधेयक ल्याउने कुरामा पनि राप्रपाले सरकारमा रहँदा धेरै काम गरेको भएपनि त्यसलाई ओझेलमा पार्ने प्रयास भईरहेको उनले गुनासो गरे ।
उपाध्यक्ष प्रधानले दुई वटा संसदीय समितिको नेतृत्वमा आफ्नो पार्टीको दावी रहेको पनि बताए । संसदीय समितिमा हैसियत अनुसार सहभागी हुने उल्लेख गर्दै उनले त्यसमा पार्टीको तर्फबाट सदस्यमा सहभागिता रहने कुरा सुनिश्चित भईसकेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण