पाकिस्तानले रुसबाट दैनिक १ लाख ब्यारेल कच्चा तेल किन्ने
दक्षिण एसियाली मुलुक पाकिस्तानले समेत रुसबाट ठुलो मात्रामा तेल किन्ने सम्झौता गरेको छ । हाल रुसको कच्चा तेलका ग्राहक चीन र भारत हुन भने यो सूचीमा अब पाकिस्तान समेत थपिएको छ । र, पाकिस्तानले रुसबाट अमेरिकी डलरको प्रयोग बिनै कच्चा तेल किन्ने सम्झौता गरेको हो ।
पाकिस्तानका पेट्रोलियम मन्त्री मुसादिक मलिकलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले रुसको तेल खरिदकर्ताको सूचीमा पाकिस्तान सामले बन्ने पुष्टि गरेका हुन् । सन् २०२२ को डिसेम्बरमा पाकिस्तानको एउटा प्रतिनिधिमण्डल रुसतर्फ लागेको थियो । सोही, भ्रमणका क्रममा रुसबाट डलर विनै तेल किन्ने सम्झौता भएको बताइएको छ ।
तर, पाकिस्तानले रुसबाट कुन मुद्राको प्रयोग गरेर तेल किन्छ भन्ने खुलाइएको छैन । यद्यपि, रुबल वा चीनको युआन मुद्रामा तेल किन्ने सम्झौता भएको हुन सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले अनुमान लगाएका छन् । यस्तै, पाकिस्तान र रुसबीचको खरिद सम्झौता कुन मूल्यमा भएको भन्ने समेत खुलाइएको छैन ।
सम्झौताअनुसार पाकिस्तानले रुसबाट प्रतिदिन १ लाख ब्यारेल तेल किन्ने छ । सम्झौताअनुसार रुस र पाकिस्तानबीच वार्षिक साढे ३ करोड ब्यारेल कच्चा तेल किनबेच हुन सक्छ । यो सम्झौता बाहिरिएसँगै अमेरिकी डलरको प्रभुत्व झनै कमजोर बनेको छ । हाल पेट्रोलियम पदार्थको खरिदबिक्रीमा डलरको एकाधिकार कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण