मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीनजना सैनिक मारिए

बामाको (माली) । गणतन्त्र मालीमा फेरि हिंसा चर्किएको छ । शनिबार देशका विभिन्न भागमा भएका झडपमा १० जना सर्वसाधारण र नी जना सैनिक जवानको मृत्यु भएको छ । सुरक्षा फौजले ८८ जना जिहादीलाई नियन्त्रणमा लिएको छ । अतिवादी समूहले शनिबार मध्य मोप्ती क्षेत्रको सेभेरे विमानस्थल क्षेत्रमा कारबम विष्फोट गराउँदा १० जना सर्वसाधारणले ज्यान गुमाएका तथा ६१ जना घाइते भएका सरकारले एक विज्ञप्ति निकालेर बताएको छ ।
विष्फोटबाट विमानस्थल वरपरका केही घरहरू ध्वस्त भएका छन् । बहादुरीपूर्वक विद्रोहीको सामना गरेका सुरक्षा फौजका जवानले आक्रमणकारीलाई परास्त गरेका विज्ञप्तिमा उल्लेख छ । सन् २०१२ मा देशको उत्तरी भागमा जिहादी पृथकतावादी विद्राह शुरु भएपछि मालीको शान्तिसुरक्षामा सङ्कट उत्पन्न भएको छ । सन् २०२० को अगष्टदेखि राजनीतिक व्यक्तिहरूको परिषद्ले सत्ता सम्हालेको छ ।
फ्रान्स र अन्य पश्चिमा साझेदारसँगको सहयोगमा जिहादीविरुद्ध सङ्घर्षरत माली ती साझेदारसँगको लामो समयदेखिको सम्बन्ध तोडेर सैन्य र राजनीतिक रुपमा रुसतर्फ मोडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स