मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीनजना सैनिक मारिए
बामाको (माली) । गणतन्त्र मालीमा फेरि हिंसा चर्किएको छ । शनिबार देशका विभिन्न भागमा भएका झडपमा १० जना सर्वसाधारण र नी जना सैनिक जवानको मृत्यु भएको छ । सुरक्षा फौजले ८८ जना जिहादीलाई नियन्त्रणमा लिएको छ । अतिवादी समूहले शनिबार मध्य मोप्ती क्षेत्रको सेभेरे विमानस्थल क्षेत्रमा कारबम विष्फोट गराउँदा १० जना सर्वसाधारणले ज्यान गुमाएका तथा ६१ जना घाइते भएका सरकारले एक विज्ञप्ति निकालेर बताएको छ ।
विष्फोटबाट विमानस्थल वरपरका केही घरहरू ध्वस्त भएका छन् । बहादुरीपूर्वक विद्रोहीको सामना गरेका सुरक्षा फौजका जवानले आक्रमणकारीलाई परास्त गरेका विज्ञप्तिमा उल्लेख छ । सन् २०१२ मा देशको उत्तरी भागमा जिहादी पृथकतावादी विद्राह शुरु भएपछि मालीको शान्तिसुरक्षामा सङ्कट उत्पन्न भएको छ । सन् २०२० को अगष्टदेखि राजनीतिक व्यक्तिहरूको परिषद्ले सत्ता सम्हालेको छ ।
फ्रान्स र अन्य पश्चिमा साझेदारसँगको सहयोगमा जिहादीविरुद्ध सङ्घर्षरत माली ती साझेदारसँगको लामो समयदेखिको सम्बन्ध तोडेर सैन्य र राजनीतिक रुपमा रुसतर्फ मोडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण