शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशसभामा कार्य व्यवस्था परामर्श समिति गठन

आइतबार, १० वैशाख २०८०, १६ : २०
आइतबार, १० वैशाख २०८०

सुर्खेत । कर्णाली प्रदेशसभा संसदको कार्य व्यवस्था परामर्श समिति गठन भएको छ । प्रदेशसभा सञ्चालन भएको तीन महिनापछि उक्त समिति गठन भएको हो । आइतबार प्रदेशसभाको १३ औँ बैठकमा सभामुख नन्दा गुरुङले समिति गठन भएको जानकारी गराएकी थिइन् ।

सभामुखको नेतृत्वमा हुने समितिको सदस्यमा सांसद नेकपा एमालेबाट टेकराज पछाई, एकीकृत समाजवादीबाट कल्यानी खड्का, स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही, माओवादीबाट रणसिंह परियार र राप्रपाबाट सन्तोषी शाही चयन भएका छन् । यस्तै नेपाली कांग्रेसबाट हिक्मतबहादुर विष्ट चयन भएका छन् । 

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका सदस्यहरु समितिमा रहने व्यवस्था छ । यो समितिले प्रदेश सभाको बैठकको कार्यसूची निर्धारण गर्नुका साथै बैठकलाई सुव्यवस्थित तरिकाले सञ्चालन गर्ने सम्बन्धमका परामर्श दिन सक्छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप