के.एल. दुगड समूहले ल्यायो ज्ञान मह
आइतबार, १० वैशाख २०८०, १६ : ४२
काठमाडौँ । के.एल. दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मह नेपाली बजारमा ल्याएको छ । स्थानीय रुपमा उपलब्ध विभिन्न बहुमुल्य वनस्पतिहरुमा चरन गरेका मौरीहरुबाट यस महको उत्पादन गरिएको कम्पनीले जनाएको छ । साथै स्थानीय किसानहरुद्वारा स्थानीय रुपमै उत्पादित सामानहरुको प्रवद्र्घन गर्ने उद्धेश्यले यस महको उत्पादन शुरु गरिएको पनि कम्पनीले जानकारी दिएको छ ।
खाद्य प्रविधिका अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको परिक्षण गरि उपभोगको लागि ल्याएको जनाइएको छ । ज्ञान मह मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा २५० ग्राम, ५०० ग्राम र १ केजीको प्याकमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण