पाकिस्तानमा सवारी दुर्घटनामा सात जनाको मृत्यु
आइतबार, १० वैशाख २०८०, २१ : ४०
इस्लामावाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको ओकारा जिल्लामा आइतबार एउटा बसले कारलाई ठक्कर दिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य दुई जना घाइते भएका पाकिस्तानी प्रहरीले जनाएको छ ।
उद्धार सेवाका अनुसार जिल्लाको अख्तराबाद क्षेत्र नजिकै सडकमा विपरीत दिशाबाट आइरहेको रिक्सालाई बचाउन खोज्ने क्रममा बसले कारलाई ठक्कर दिएको जानकारी प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि दिएको छ ।
घटनामा कारमा सवार एकै परिवारका सातै जनाको मृत्यु भएको र घाइतेमध्ये एक जना रिक्सायात्री र अर्का एक जना बसयात्री रहेको प्रहरीले जनाएको छ ।
पाकिस्तानमा कमजोर सडक संरचना, पहाडी भूगोल र चालकको लापरबाही कारण हुने सडक दुर्घटनामा परी हरेक वर्ष हजारौँ नागरिकले अकालमा ज्यान गुमाउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण