शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकमा डढेलोले वन सखाप

सोमबार, ११ वैशाख २०८०, ११ : ३१
सोमबार, ११ वैशाख २०८०

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर जङ्गल डढेलोले नष्ट भएको छ । जिल्ला वन कार्यालयका अनुसार चौतारा साँगा चोकगढी नगरपालिकाको विभिन्न सामुदायिक वनको जङ्गल डढेलोले सखाप पारेको हो । त्यसैगरी चौतारा साँगा चोकगढी नगरपालिका र सुनकोसी गाउँपालिकाका जङ्गल डढेलाले नष्ट भएको डिभिजन वन कार्यालयबाट परिचालित हरित स्वयंसेवक समूहका संयोजक शारदाप्रसाद चालिसेले जानकारी दिए । उनका अनुसार मेलम्चीमा रहेको टारापाखा सामुदायिक वनको २६ हेकटर जङ्गल पनि डढेलोले सखाप भएको छ । 

जिल्ला वन कार्यालयका सहायक वन अधिकृत कृष्णबहादुर थापाका अनुसार गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेकाले यकिन तथ्याङ्क प्राप्त हुन सकेको छैन । यसबाट महत्वपूर्ण जडीबुटी, वनयजन्तु र करोडौँका रुख बिरुवा नोक्सान भएका छन् । बर्सेनि जङ्गलमा डढेलो कसले लगाउँछ भन्ने तथ्य भने नखुलेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप