सुनको भन्सार दर भारतको भन्दा न्यून छ, बढाउनुपर्छ : महालेखा
काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सुनको भन्सार मूल्य बढाउनुपर्ने उल्लेख गरेको छ । महालेखाले आफ्नो २० औं प्रतिवेदनमा छिमेकी मुलुक भारतको तुलनामा नेपालमा सुनको भन्सारदर न्यून रहेकाले बढाउनुपर्ने उल्लेख गरेको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको अभिलेखअनुसार २०७७/७८ मा २७ अर्ब ४८ करोड रुपैयाँ बराबरको ३ हजार ९४४.५ किलोग्राम सुन आयात भएको थियो । उक्त परिणामको सुन आयात हुँदा ३ अर्ब ३५ करोड रुपैयाँ राजश्व उठेको थियो ।
यस्तै, २०७८–७९ मा ५ हजार ११३ किलोग्राम सुन ४२ अर्ब ७० करोड रुपैयाँमा आयात भएको थियो । यो वर्ष सुनको आयातबापत राज्यले ४ अर्ब ७४ अर्ब रुपैयाँ राजश्व संकलन गरेको थियो । नेपाल सरकारले सुनको आयातमा प्रतिग्राम ८५० अर्थात मूल्यको १० प्रतिशतको हाराहारीमा रहेको छ । जबकी, भारतमा सुनको भन्सार महसुल दर १८.५ प्रतिशत रहेको छ ।
यही विषयमा प्रश्न उठाउँदै महालेखाले नेपालमा हुने सुन खपत सम्बन्धमा पर्याप्त अध्ययन विश्लेषण समेत नभएको र सुन व्यवसायीले बैङ्कमार्फत् खरिद तथा अन्य माध्यमबाट खरिद बिक्री भएको सुनको अभिलेख नराखेकोले यसको उपयोगमा पारदर्शिता समेत नदेखिएको उल्लेख गरेको छ । यस्तै, सरकारले सुन आयातमा लाग्ने भन्सारदर समेत बढाउनुपर्ने उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण