आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा विमानसँग चरा ठोक्कियो, इन्जिनमा आगलागी

सोमबार, ११ वैशाख २०८०, १४ : २७
सोमबार, ११ वैशाख २०८०

अमेरिकन एयरलाइन्सको एक विमानसँग चरा ठोक्किएको छ । त्यसपछि विमानको इन्जिनमा आगो लागेको छ । करिब २० मिनेटसम्म उडेपछि यसलाई ओहायोमा आपतकालीन अवतरण गराइयो । घटना अमेरिकी समयानुसार आइतबार बिहानको हो । यसको भिडियो अहिले सार्वजनिक भएको छ । 

डेली मेलको रिपोर्ट अनुसार बोइङ ७३७ फ्लाइट  AA1958 ले ओहायो राज्यको कोलम्बस सहरको जोन ग्लेन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान पौने ८ बजे उडान भरेको थियो । उक्त विमान एरिजोना राज्यको फिनिक्स सहर पुग्नुपर्ने थियो तर उडेको ४० मिनेटपछि करिब ८:२२ मा जोन ग्लेन विमानस्थल फिर्ता भएर अवतरण भएको थियो ।

दुर्घटनाका दुई तस्बिर

planeplane1प्रत्यक्षदर्शीले भने– निकै ठुलो आवाज आयो

एक यात्रुले एनबीसीफोर न्युजलाई भने, ‘उडान भरेको केही मिनेटपछि विमानमा निकै ठुलो आवाज सुनियो । इन्जिनले काम गर्न छोडेको जस्तो महसुस भयो । के भयो हामीले बुझ्न सकेनौँ । त्यसपछि पाइलटले दुर्घटना बारे जानकारी दिए । विमानसँग चरा ठोक्किएको उनले बताए ।’

यस्तै, दुर्घटनाको भिडियो शेयर गर्ने एक प्रयोगकर्ताले लेखे, ‘मैले अमेरिकन एयरलाइन्सको फ्लाइट देखेँ, त्यसमा आगो लागेको थियो । उडिरहेको यो विमानबाट निकै ठुलो आवाज पनि आइरहेको थियो ।

planeदुर्घटनामा कोही पनि घाइते भएनन्, सबै यात्रुलाई सकुशल बाहिर निकालियो

फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) ले उडान भर्ने बित्तिकै चराले ठक्कर दिएको जानकारी दिएको छ । जसका कारण इन्जिनमा आगो लाग्यो । यस क्रममा कोही पनि यात्रु वा चालक दलका सदस्य घाइते भएनन् ।

एक यात्रुले भने –  आगलागीको खबर पाउनासाथ हामी सबै डरायौँ । तर आकस्मिक अवतरण पछि, हामीलाई सुरक्षित रूपमा बाहिर निकालियो । केही समय पर्खिएपछि सबै यात्रुलाई दोस्रो विमानमा राखियो ।

तीन दिनअघि विमानको इन्जिनमा आगलागी भएको थियो 

न्युयोर्क पोस्टको रिपोर्ट अनुसार तीन दिनअघि अर्थात २० अप्रिलमा एउटा विमानको इन्जिनमा आगो लागेको थियो । एयरबस एथ्रीटुवानले उत्तरी क्यारोलाइना शार्लोट डगलस एयरपोर्टबाट उडेको थियो । उडान भरेको केही समयपछि इन्जिन फेल हुँदा आगलागी भयो जुन पखेटासम्म फैलिएको थियो । दुर्घटनामा कोही पनि घाइते भएनन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप