शीर्ष नेताबीचको छलफलमा उपनिर्वाचनको चर्चा
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरवारमा बसेको शीर्ष नेताबीचको छलफलमा उपनिर्वाचनका विषयमा चर्चा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरु सहभागी भएको बैठकमा सोमबार पुराना भनिएका दललाई उपनिर्वाचनले सवक सिकाएको चर्चा गरेका हुन् ।
पुराना दलप्रति जनतामा विश्वास घट्दै गएको पुष्टी उपनिर्वाचनले देखाएको भन्दै नेताहरुले चर्चा गरेको एक नेताले बताए । ‘सबै दलहरुले उपनिर्वाचनबाट जनताले दिएको सन्देशलाई आत्मसात गर्नुपर्छ । अब परम्परागत ढंगले चलेर हुँदैन नयाँ ढंगले सोच्नुपर्ने देखियो’ शीर्ष नेताबीचको चर्चाबारे एक नेताले भने, ‘पुराना दलप्रति जनतामा त्यति विश्वास
देखिएन । अब पुराना भनिएका दलहरु सच्चिनै पर्ने देखियो ।’ जनतामा देखिएको निराशा नयाँ दलमा पोखिएको रुपमा शीर्ष नेताहरुले चर्चा गरेको ती नेताले बताए । उपनिर्वाचनमा तनहुँ १ र चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने बारा २ जनमत पार्टीले अग्रता लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण