ठुला दलको औचित्य समाप्त भयो : मेटमणि चौधरी
दाङ । नेकपा एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले अब ठुला दलको औचित्य समाप्त भएको बताएका छन् ।
एकीकृत समाजवादी दाङले पार्टी कार्यालयमा सोमबार आयोजना गरेको विशेष भेलालाई सम्बोधन गर्दै चौधरीले भने, ‘ठुला दलले बदलिँदो समयको माग र जनताको मनोविज्ञान बुझ्न सकेनन् । पुरानै चिन्तन र पुरानै मनोविज्ञान बोकेर उनीहरू हिँडिरहेका छन् । तसर्थ अब यिनीहरुको औचित्य समाप्त भइसकेको छ ।’
ठुला दलसँग जनतामा जाने कुनै पनि नयाँ कार्यक्रम नभएको आरोप लगाउँदै पूर्व मन्त्री समेत रहेका चौधरीले एकीकृत समाजवादी अबको वैकल्पिक शक्ति बन्ने विश्वास व्यक्त गरे ।
‘मैले पहिलेदेखि भन्दै आएको छु । पुराना दल र तीनका नेतृत्वका शैलीका कारण यिनीहरुको विकल्प जनताले खोजिरहेका छन् । यिनले जनताका समस्या समेत सुन्न छाडेका छन्,’ उनले थपे, ‘तत्कालीन एमालेको नेतृत्वबाट पार्टी चल्नै नसक्ने हाम्रो आँकलन अहिले सत्य साबित भएको छ । त्यसकारण नयाँ वैकल्पिक कम्युनिस्ट शक्तिको रुपमा एकीकृत समाजवादीको उज्ज्वल भविष्य छ ।’
चौधरीले नेता कार्यकर्ताहरुलाई जनताका समस्या उठान गर्न समेत निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण