मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस संसदीय दलको बैठक बस्दै

मङ्गलबार, १२ वैशाख २०८०, ०९ : ००
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बानेश्वरस्थित संसद भवनमा मंगलबार १० बजे कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । सोमबारबाट जारी बैठकमा आर्थिक बर्ष २०८०/८१ को बजेटका सन्दर्भमा छलफल भइरहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रेमश लेखकले बताए ।

सोमबारको बैठकमा दलको नेता शेरबहादुर देउवाले बजेटबाट राय दिन सांसदलाई आग्रह गरेका थिए । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र र आगामी बजेटको आकारबारे बिफ्रिं गरेका थिए । सांसदहरुलाई तीन मिनेटमा आफ्नो राय राख्न भनिएको छ । सोमबार २० जना सांसदले आफ्नो राय राखेका थिए भने बाँकीले आज धारणा राख्ने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप