रवि लामिछानेले गरे आफ्नै रेकर्ड ब्रेक
काठमाडौँ । आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनामा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार तथा रास्वपाका उम्मेदवार रवि लामिछानेले आफ्नै यसअघिको रेकर्ड ब्रेक गरेका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा पनि धेरै मत पाएर उनले रेकर्ड ब्रेक गरेका हुन् ।
जारी मतगणनामै उनले यसअघि आफूले पाएको भन्दा धेरै मत पाइसकेका छन् । उनले गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय हासिल गरेकामा मंगलबार बिहानसम्मको अध्यावधिक विवरणअनुसार ५० हजार मत कटाइसकेका छन् ।
लामिछानेले ५० हजार २९ मत पाएका हुन् । अझै पनि चितवन २ को मतगणना जारी रहेको छ भने लामिछानेको विजय सुनिश्चित भइसकेको छ।
नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन २ मा उपनिर्वाचन भएको हो ।सर्वोच्च अदालतको आदेशअनुसार पद गएपनि आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम गराएसँगै उनलाई चुनाव लड्ने बाटो खुला भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण