चितवनमा सबैको प्यारो नेता हुन मन छ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू चितवनका बालबालिकादेखि वृद्धसम्मको प्यारो नेता हुने मन रहेको बताएका छन् । चितवन २ बाट निर्वाचित भएपछि विजय ¥यालीमा बोल्दै लामिछानेले भोट हाल्ने नहाल्ने दुबैलाई समान व्यवहार गर्ने बताए ।
‘मलाई मात्रै होइन मेरो प्रतिस्पर्धीलाई भोट हाल्नेहरुलाई निर्धक्क हुन अनुरोध गर्दछु । म सबैको नेता हुन चाहन्छु । मलाई भोट हाल्ने मात्रै होइन यो चितवनमा रहनु हुने वालकदेखि वृद्धसम्म सबैको प्यारो नेता हुन मन छ । सबैको मनभित्र बस्न मन छ’ लामिछानेले भने, ‘कहाँबाट भोट बढी आयो कहाँबाट कम भोट आयो भनेर हिसाब राख्ने छैन । बेहिसाब चितवनको विकास निर्माणमा लाग्ने छु ।’
आफूले सबैभन्दा पहिले दुर्गम स्थानीय तहलाई प्राथमिकतामा राखेर काम गर्ने लामिछानेले बताए । आफ्नो प्राथमिकता अब इच्छाकामना स्थानीय तहको विकास गर्ने हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण