जो बाइडेनद्वारा २०२४ को राष्ट्रपतीय चुनाव लड्ने घोषणा
अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवारी दिने पुष्टि गरेका छन् । उनले एक प्रमोशनल भिडियोमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन् ।
तीन मिनेटको यो भिडियोमा उनी पुनः निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । यस भिडियोमा एउटा शब्द ‘स्वतन्त्रता’ मा विशेष जोड दिइएको छ ।
अमेरिकाका ४६ औँ राष्ट्रपति जो बाइडेनले भिडियोमा गर्भपतनको अधिकार, लोकतन्त्रको संरक्षण, मतदानको अधिकार र सामाजिक सुरक्षा सन् २०२४ मा हुने चुनावमा सबैभन्दा महत्त्वपूर्ण विषय हुने बताएका छन् ।
Every generation has a moment where they have had to stand up for democracy. To stand up for their fundamental freedoms. I believe this is ours.
— Joe Biden (@JoeBiden) April 25, 2023
That’s why I’m running for reelection as President of the United States. Join us. Let’s finish the job. https://t.co/V9Mzpw8Sqy pic.twitter.com/Y4NXR6B8ly
उनले आगामी पुस्तालाई ‘अधिक वा कम स्वतन्त्रता’ र ‘अधिक वा कम अधिकार’ दिने विकल्प मतदातासँग हुने बताए ।
भिडियोको साथमा एक प्रेस विज्ञप्तिमा, बाइडेनले व्हाइट हाउसका वरिष्ठ सल्लाहकार जुली चाभेज रोड्रिग्वेज उनको अभियान प्रबन्धक हुने पनि पुष्टि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण