मेयर कप : त्रिभुवन आर्मीलाई हराउँदै नेपाल पुलिस विजयी
ललितपुर । “मेयर कप–२०८०” खुल्ला महिला तथा पुरुष भलिबलमा विभागीय टिम नेपाल पुलिस क्लब समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । महिलातर्फ समूह ‘ए’को खेलमा आर्मीलाई हराउँदै नेपाल पुलिस समूह विजेता बनेको हो ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा मंगलबार भएको खेलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा हरायो । पहिलो सेट २५–२० ले जितेको पुलिसले दोस्रो सेट २१–२५ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा २५–२१ र २६–२४ को जित निकाल्दै नेपाल पुलिस विजेता बनेको हो ।
समूह ‘ए’को खेलमा पुलिसले चार अंक जोड्यो । आर्मीले मात्र दुई अंक जोड्यो । कोटेश्वर बहुमुखी क्याम्पस अंक विहीन भयो । महिलातर्फको अर्को खेलमा ललितपुर महानगरपालिकाले परोपकार गल्स होस्टेललाई ३–२ को सेटमा पाखा लगायो । ललितपुरले परोपकारलाई २६–२४, २५–१७, २३–२५, २८–३० र १५–१३ को सेटमा हरायो ।
पुरुषतर्फ बोगटी समाज ललितपुरले सूर्य बिनायक यूथ क्लबलाई ३–२ को सेटमा हरायो। बोगटी समाज ललितपुरले सूर्य बिनायकलाई २१–२५, २५–२१, २७–२५, २२–२५, १५–१३ को सेटमा हराएको हो ।
अर्को खेलमा नेपाल पुलिस क्लबले नेपाल गणतान्त्रिक खेलकुदमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । पुलिसले नेपाल गणतान्त्रिक खेलकुदमाथि २५–१७, २५–१७ र २५–१० को सेटमा हराएको हो ।
प्रतियोगितामा पुरुषतर्फ ८ टिम र महिलातर्फ ७ गरी १५ टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण