बारा–२ मा रास्वपाका रमेश खरेलको जमानत जफत
काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल जमानत जफत भएको छ। बुधबार बिहान आएको अन्तिम परिणाम अनुसार रास्वपाका उम्मेलवार खरेलले २ हजार ८ सय २९ मत मात्र पाए ।
बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ। रास्वपाका उम्मेदवार खरेलले जम्मा मतको ४.१४ प्रतिशत मात्र पाएपछि जमानत जफत भएको हो।
तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्ले र चितवन २ मा रवि लामिछाने भारी मतान्तरले विजयी हुँदा बारा २ मा खरेलको जमानत समेत जोगिएन । निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। बारा–२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र जमानत जोगाएका छन् ।
सत्ता गठबन्धनको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए । यस्तै एमालेका पुरूषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए। बाँकी ३१ उम्मदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण