विशिष्ट परिचय पत्रको सेवा सुविधा उल्लेख गर्न कलाकार संघको माग
काठमाडौँ । चलचित्र कलाकार संघले सरकारको तर्फबाट कलाकर्मीलाई प्रदान गरिने विशिष्ट परिचय पत्रको सेवासुविधा समेत उल्लेख गर्न माग गरेको छ । संघका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा कलाकारको एक टोलीले मंगलबार चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीलाई भेटेर उक्त माग राखेका हुन् । टोलीले उक्त अवसरमा ७० वर्ष नागेका कलाकारलाई राज्यले मासिक भत्ता र औषधी उपचार सुविधा समेत दिनु पर्ने प्रस्ताव समेत राखेका छन् ।
‘हामीलाई राज्यले परिचयपत्र मात्र दिएर भएन । त्यसको सेवा सुविधा पनि चाहियो’, निरौलाले भने– ‘७० वर्ष नाघेका कलाकारलाई राज्यले मासिक भत्ता र औषधी उपचार पनि दिनुपर्यो नि ।’ विदेशबाट कलाकारका लागि आउने विभिन्न अवसरका कोटामा समेत कलाकार संघको सिफारिस अनिवार्य गर्न माग राखेको निरौलाले जानकारी दिए । उक्त अवसरमा चलचित्र विकाश बोर्डका अध्यक्ष केसीले कलाकारको माग प्रति आफु सकारात्मक रहेको बताए । उनले कलाकारको माग सम्बोधन गर्न आफु कटिवद्ध रहेको सुनाए ।
संघले विभिन्न माग समेटिएको एकपत्र समेत बोर्डलाई बुझाएको छ । टोलीमा अध्यक्ष निरौलासहित निवर्तमान अध्यक्ष रविन्द्र खड्का, महासचिव सबिन श्रेष्ठ, सचिव रामेश्वर बुर्लाकोटी, कोषाध्यक्ष सुनील कटुवाल, सहकोषाध्यक्ष पवित्रा आचार्य, सदस्यहरु गोपाल ढकाल ‘छन्दे’, उद्दव प्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, रोशन श्रेष्ठ, समीर लामा, कार्यक्रम तथा ब्यवस्थापन समितका संयोजक डिबी बम्जन लगायतको उपस्थिति थियो । कार्यक्रममा बोर्डका तर्फबाट सदस्य केएल पीडित, रवि चन्द्र अधिकारी, राजु खत्री लगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण