चिकित्सा शिक्षा विज्ञानको योग्यता क्रम विपरीतको भर्ना प्रक्रियाविरुद्ध प्रदर्शन
काठमाडौँ । एमडी÷एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यता क्रम विपरीतको भर्ना प्रक्रियाविरुद्ध चिकित्सकहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । बुधवार माइतीघर मण्डलामा भेला भएर चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी÷एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यता क्रम विपरीतको भर्ना प्रक्रियाविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. कञ्चन दुवाडीले आफूहरुले चिकित्सा शिक्षा आयोगले जारी गरेको नतिजामा योग्यता क्रम मिचिएका कारण आन्दोलनमा उत्रिन बाध्य भएको बताइन् । त्यस्तै डा. विपुल लामिछानेले मेरिटोक्रेसी कायम गर्न अदालतले आदेश दिए पनि चिकित्सा आयोगले पालना नगरेको आरोप लगाए । उनले दक्षताको मात्रै समस्या नभई छात्रवृत्ति र पैसा तिर्ने कुरामा पनि समस्या रहेको बताए ।

त्यस्तै प्रदर्शनकारी डा. छवि पन्थीले चिकित्सा शिक्षा आयोगले गत सालको पौष २ गते परीक्षा लिएको र त्यसको नतिजालाई वैज्ञानिक व्यवस्थापन नगरी हचुवाका आधारमा भर्ना प्रक्रिया अघि बढाएकोप्रति आन्दोलन गरेको जिकिर गरे । उनले चिकित्सा शिक्षा आयोगसँग सम्बन्धित क्याम्पसहरूले धम्कीपूर्ण रूपमा विद्यार्थीहरूलाई दबाब दिइरहेको बताए । उनले आफ्नो माग पूरा नभएसम्म निरन्तर विरोधका कार्यक्रम अघि बढाइरहने चेतावनी दिए । त्यस्तै प्रदर्शनकारी डा.श्वेता कर्णले चिकित्सा शिक्षा आयोगले आफूहरूमाथि अन्याय गरेको भन्दै दक्षताअनुसार पढ्न पाउनुपर्ने बताइन् । मुद्दा विद्यार्थीहरूको पक्षमा आए पनि चिकित्सा शिक्षा आयोगले पालना नगरेको गुनासो गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण