शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सा शिक्षा विज्ञानको योग्यता क्रम विपरीतको भर्ना प्रक्रियाविरुद्ध प्रदर्शन

बुधबार, १३ वैशाख २०८०, १३ : ५९
बुधबार, १३ वैशाख २०८०

काठमाडौँ । एमडी÷एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यता क्रम विपरीतको भर्ना प्रक्रियाविरुद्ध चिकित्सकहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । बुधवार माइतीघर मण्डलामा भेला भएर चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी÷एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यता क्रम विपरीतको भर्ना प्रक्रियाविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । 

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. कञ्चन दुवाडीले आफूहरुले चिकित्सा शिक्षा आयोगले जारी गरेको नतिजामा योग्यता क्रम मिचिएका कारण आन्दोलनमा उत्रिन बाध्य भएको बताइन् । त्यस्तै डा. विपुल लामिछानेले मेरिटोक्रेसी कायम गर्न अदालतले आदेश दिए पनि चिकित्सा आयोगले पालना नगरेको आरोप लगाए । उनले दक्षताको मात्रै समस्या नभई छात्रवृत्ति र पैसा तिर्ने कुरामा पनि समस्या रहेको बताए । 

342746574_911955133354145_791187931178752380_n

त्यस्तै प्रदर्शनकारी डा. छवि पन्थीले चिकित्सा शिक्षा आयोगले गत सालको पौष २ गते परीक्षा लिएको र त्यसको नतिजालाई वैज्ञानिक व्यवस्थापन नगरी हचुवाका आधारमा भर्ना प्रक्रिया अघि बढाएकोप्रति आन्दोलन गरेको जिकिर गरे । उनले चिकित्सा शिक्षा आयोगसँग सम्बन्धित क्याम्पसहरूले धम्कीपूर्ण रूपमा विद्यार्थीहरूलाई दबाब दिइरहेको बताए । उनले आफ्नो माग पूरा नभएसम्म निरन्तर विरोधका कार्यक्रम अघि बढाइरहने चेतावनी दिए । त्यस्तै प्रदर्शनकारी डा.श्वेता कर्णले चिकित्सा शिक्षा आयोगले आफूहरूमाथि अन्याय गरेको भन्दै दक्षताअनुसार पढ्न पाउनुपर्ने बताइन् । मुद्दा विद्यार्थीहरूको पक्षमा आए पनि चिकित्सा शिक्षा आयोगले पालना नगरेको गुनासो गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप