विश्व स्वास्थ्य सङ्गठनद्वारा भारतको अर्को एउटा खोकीको औषधीबारे चेतावनी जारी
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले भारतको अर्को एउटा खोकीको औषधीमाथि चेतावनी जारी गरेको छ । डब्ल्युएचओका अनुसार मार्सल आइल्याण्ड र माइक्रोनेशियामा भारतीय कम्पनीको खोकीको दूषित औषधीको एक खेप भेटिएको छ ।
डब्ल्युएचओले पन्जाबस्थित क्युपी फार्माकेम लिमिटेडको गुइफेनेसिन टिजी सिरपको परीक्षणको नमुनामा ‘डायथिलिन ग्लाइकल र एथिलिन ग्लाइकलको आवश्यकताभन्दा बढी मात्रा’ पाइएको जानकारी दिएको छ ।
यी दुवै तत्त्व मानिसका लागि विषालु हुन्छन् र यसको सेवन घातकसमेत हुनसक्ने बताइएको छ । यद्यपि, डब्ल्युएचओले यसको सेवनले कोही बिरामी भएका छन् कि छैनन् भनेर जानकारी भने दिएको छैन ।
यसअघि डब्ल्युएचओले भारतमा बनेको खोकीको औषधीलाई गाम्बिया र उज्बेकिस्तानमा बालबालिकाको मृत्युसँग जोडेको थियो ।
क्युपी फार्माकेमका प्रबन्ध निर्देशक सुधीर पाठकले बीबीसीसँगको कुराकानीमा कम्पनीले सबै आवश्यक नियामकसँग अनुमति लिएपछि कम्बोडियालाई १८,३४६ बोतलको ब्याच निर्यात गरेको जानकारी दिए ।
सुधीरले यो उत्पादन मार्सल आइल्याण्ड र माइक्रोनेशिया कसरी पुग्यो भन्नेबारे आफूलाई थाहा नभएको बताए ।
उनले भने, ‘हामीले यी बोतल प्रशान्त क्षेत्रमा पठाएका छैनौँ र यो सिरप त्यहाँ प्रयोग गर्नका लागि प्रमाणित थिएनन् । यी बोतल कुन परिस्थितिमा मार्सल द्वीप र माइक्रोनेशिया पुगे, हामीलाई थाहा छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण