एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा
ललितपुर । विभागीय टोली एपीएफ क्लब ललितपुर मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बुधबार न्यु डायमण्ड क्लबलाई हराउँदै एपीएफ समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलमा एपीएफले न्यु डायमण्डलाई ३-२ को सेटमा हराएको हो । एपीएफले न्यु डायमण्डलाई १७-२५, २५-१९, २३-२५, २५-२० र १५-१० ले हराएको हो । जितसँगै एपीएफ समूह 'बी'को विजेता बन्दै अन्तिम चारमा पुगेको छ । न्यु डायमण्ड उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
अब एपीएफले बिहीबार हुने सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । त्यस्तै न्यु डायमण्डले नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुरुषतर्फ एपीएफले पाटन मल्टिपल क्याम्पसलाई सोझो सेटमा हराएको छ । एपीएफले पाटनलाई २५–१७, २५–१० र २५–१८ ले हराएको हो ।
अर्को खेलमा त्रिभुवन आर्मी क्लबले ललितपुर महानगरपालिकालाई सोझो सेटमा हराएको छ । आर्मीले ललितपुरमाथि २५-११, २५-१७ र २५-२१ ले पराजित गर्यो । प्रतियोगितामा पुरुषतर्फ ८ टिम र महिलातर्फ ७ गरी १५ टिम सहभागी छन् ।
प्रतियोगिताको विजेता टिमले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण