मेयर साहको गृहमन्त्रीलाई प्रश्न–कुन कानुनका आधारमा अवैध संरचनाको संरक्षण गर्नुहुन्छ ?
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन साहले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कुन कानुन र नैतिकताका आधारमा अवैध संरचना संरक्षण गर्नुहुन्छ भनी प्रश्न गरेका छन् ।
बागमती सभ्यताविरुद्ध परेको रिटमा बुधबार उच्च अदालतले अन्तरिम आदेश नदिएपछि मेयर साहले सामाजिक सञ्जालमा आक्रोश पोखेका हुन् ।
'यदि कुनै कानुनले कसैमाथि अन्याय गरिरहेको छ भने तत्काल कानुन परिवर्तन गर्न सार्वजनिक अपिल गरेर प्रक्रिया सुरु गर्नुहोस्, या कानुन बमोजिमको शासन व्यवस्था अँगाल्नुहोस्,' उनले सामाजिक सञ्जालमा लेखेका छन्,' यो तर्फ कुनै पनि कदम नचाली वैधानिक रूपमा नै यति भई सक्दा पनि कुन कानुन र नैतिकताका आधारमा यस्ता अवैध संरचना संरक्षण गर्नुहुन्छ गृहमन्त्री ज्यु ? कसरी कानुन राज्यको अनुभूति दिलाउनु हुन्छ गृहमन्त्री ज्यु ?'
यसअघि २०७६ साउन २० गते सर्वोच्च अदालतले बागमती, विष्णुमती, मनोहरा लगायतका नदीहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदीको स्वच्छता कायम गराउन तथा सार्वजनिक जग्गाको संरक्षण गर्न आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सैनिक मारिएपछि इरानमाथि अमेरिकी हवाई आक्रमण
-
१० बजे १० समाचार : विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, टेकुमा गोली चल्यो
-
गुयानाको तटमा ११६ जना बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति हताहत भएको आशङ्का
-
प्रहरी महानिरीक्षक कार्की थाइल्यान्ड प्रस्थान
-
पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था
-
विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण